Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

खस भाषाको शब्दकोश ‘खसिया आखर’ लोकार्पण


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज ३० २०८२
  • 5.3K
    SHARES

काठमाडौँ । रमानन्द आचार्यद्वारा लिखित खस भाषाको शब्दकोश ‘खसिया आखर’ लोकार्पण गरिएको छ ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशद्वारा प्रकाशित शब्दकोश ‘खसिया आखर’ मन्त्रालयको आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठान र मध्यपश्चिमाञ्चल साहित्य परिषद् काठमाडौँको सहकार्यमा आज काठमाडौँमा लोकार्पण गरिएको हो ।

सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले उक्त शब्दकोश लोकार्पण गर्दै खस भाषाको जगेर्ना र पुस्तान्तरणमा टेवा पुग्ने अपेक्षा गरे ।

उनले भने ‘खसिया आखर’ कर्णालीको भाषा, संस्कृतिको पुस्तान्तरण गर्न मार्गदर्शन बन्नेछ । अब मन्त्रालयले योगी नरहरिनाथका कृतिसहित कर्णालीको भूगोल र संस्कृतिसँग जोडिएका पुस्तकको सङ्कलन तथा अभिलेख गर्नेलगायतका कार्यमा मन्त्रालयले भूमिका निर्वाह गर्ने प्रतिबद्धता गर्दछु ।’

शब्दकोषमार्फत भाषा, सभ्यता र लोकसंस्कृति संरक्षण र कार्यान्वयनका लागि सरकार प्रतिवद्ध रहेको स्पष्ट पार्दै मन्त्री भण्डारीले स्थानीय तहमा पाठ्यक्रम निर्माण गरी खस भाषा पठनपाठन र व्यावहारिक कार्यान्वयनलाई सरकारले अभियानका रुपमा लिने बताए ।

भाषाशास्त्री प्राध्यापक डा माधवप्रसाद शास्त्रीले भने ‘शब्दकोश लेख्न सजिलो छैन । यो जटिल कार्यका लागि साहस गर्नुभएकोमा लेखकप्रति आभार व्यक्त गर्दछु ।’

चन्दननाथ नगरापाििलका– १ जुम्ला आचार्यबाडा निवासी लेखक आचार्यले करिब १५ वर्ष लगाएर शब्दकोष निर्माण गरेका हुन् । उनका अनुसार एक हजार चार सय पृष्ठ रहेको उक्त शब्दकोषमा करिब ४० हजार शब्द छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४