Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भीआईपी सुरक्षाः मापदण्ड विपरीत खटिएका २७१ सुरक्षाकर्मी फिर्ता


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज २६ २०८२
  • 2K
    SHARES

काठमाडौं । भीआईपी तथा भीभीआईपीको सुरक्षामा मापदण्डभन्दा बढी खटिएका २७१ सुरक्षाकर्मी फिर्ता भएका छन् ।

गृह मन्त्रालयको निर्णयपछि नेतादेखि अन्य विशिष्ट व्यक्तिहरूको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता लिने प्रक्रिया तीव्र गतिमा अघि बढेको हो ।

२३ असोजमा गृहमन्त्रीस्तरीय निर्णयमार्फत मापदण्ड विपरीत खटिएका सुरक्षाकर्मी फिर्ता गर्न निर्देशन दिइएको थियो । त्यसअनुसार गृह मन्त्रालयले विवरण संकलन गरी सुरक्षाकर्मी फिर्ता गर्न थालेको हो ।

गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेका अनुसार हालसम्म २७१ सुरक्षाकर्मी फिर्ता भइसकेका छन् । तीमध्ये नेपाल प्रहरीका १७४ जना र सशस्त्र प्रहरीका ७४ जना रहेका छन् ।

विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ अनुसार पूर्वप्रधानमन्त्रीलाई अधिकतम १६ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरी सुरक्षाकर्मी दिन सकिने प्रावधान छ । तर, उक्त मापदण्ड विपरीत पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीले दोब्बर सुरक्षाकर्मी राख्दै आएका थिए ।

यस्तै अन्य पूर्वविशिष्ट तथा बहालवाला विशिष्ट व्यक्तिहरूले पनि मापदण्ड उल्लंघन गरी सुरक्षा लिइरहेका थिए । फिर्ता भएका २७१ सुरक्षाकर्मीमा यस्तै मापदण्डबाहिर खटिएका सुरक्षाकर्मीहरू परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४