Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जेनजी आन्दोलन : लुटिए १२ सय ७६ थान राइफल र पिस्तोल, ९८ हजार गोलीको अभिलेख छैन


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज ५ २०८२
  • 4.1K
    SHARES

काठमाडौं । भदौ २३ र २४ गते काठमाडौं उपत्यकासहित देशभर भएको ‘जेनजी’ आन्दोलनका क्रममा १२ सय ७६ थान राइफल र पिस्तोल लुटिएको रिपोर्ट सार्वजनिक भएको छ । नेपाल प्रहरीको रिपोर्टअनुसार दुई दिनको आन्दोलनमा १२ सय ७६ थान राइफल र पिस्तोल लुटिका हुन् ।

आन्दोलनमा ७४ जनाको ज्यान गएको छ भने करिब २०० जना अझै अस्पतालमा उपचाररत छन् । प्रहरीको आन्तरिक विवरणअनुसार यो आन्दोलनमा करिब ९८ हजारभन्दा बढी गोलीको अभिलेख पनि हराएको छ । यसैगरी १३ सय १५ राउन्ड रबर गोली पनि अभिलेखमा कम देखिएका छन् । तीमध्ये प्रहरी आफैंले चलाएको कति हो र कति लुटिएका कति हुन् भन्ने प्रहरीले खुलाउन सकेको छैन ।

दुई दिनमा २२ सय २० पटक हवाई फायर र ३२ सय २३ सेल अश्रुग्यास प्रहार गरिएको प्रहरीको तथ्यांक छ । त्रिवि शिक्षण अस्पतालको पोस्टमार्टम रिपोर्टअनुसार प्रहरीको गोलीबाट मारिएका २१ जनामध्ये धेरैजसोको छाती र टाउकोमा गोली लागेको पुष्टि भएको छ । यसले प्रहरीले भीड नियन्त्रणका लागि नभई ज्यानै लिने नियतले गोली चलाएको आरोपलाई बल पुर्‍याएको छ ।

जेन-जी प्रदर्शनमा भएको बल प्रयोग र त्यसपछि भड्किएको हिंसाबाट प्रहरीका भौतिक संरचनामा भएको क्षतिको मूल्यांकन गर्न प्रहरी प्रधान कार्यालयले डीआईजी दीपक रेग्मीको नेतृत्वमा कार्यदल बनाएको छ । तोडफोड, आगजनी र लुटपाटका क्रममा प्रहरीका मात्रै ११ सय हतियार लुटिएका छन् । गोली लोड गरिएका हतियारसमेत हराएका छन् ।

नेपालका सुरक्षा निकायसँग भीड नियन्त्रणका लागि राएट कन्ट्रोल गियर, अश्रुग्यास, ब्ल्यांक फायर, रबर बुलेट, बल्टी ग्यास गन, वाटर क्यानन, दमकल, एम्बुलेन्सजस्ता अत्यावश्यक उपकरण पर्याप्त छैनन् । प्रहरीले १० वर्षयता लगातार गैरघातक उपकरण खरिदका लागि सरकारसँग आग्रह गर्दै आएको छ । गत वर्ष पनि ८ हजार ८ सय राएट कन्ट्रोल गियर, २४ हजार राउन्ड अश्रुग्यास, १ लाख राउन्ड ब्ल्यांक फायर, २ लाख राउन्ड रबर बुलेट, २ हजार थान धूवाँ फाल्ने ह्यान्ड ग्रिनेड र ५ हजार राउन्ड मल्टी ग्यासगन सेल खरिद गर्न गृहमा प्रस्ताव गरिएको थियो । तर, यी उपकरण किनिएनन् ।

प्रहरीले फिल्डमा शान्तिसुरक्षा र प्रदर्शन व्यवस्थापनमा निम्न घातक हतियारहरू प्रयोग गर्दै आएको छ:

५४–चाइनिज पिस्तोल (सानो): क्षमता ७ राउन्ड, आत्मरक्षा र छोटो दूरीमा प्रहारका लागि ।

९ एमएम चाइनिज पिस्तोल (ठूलो): क्षमता १५ राउन्ड, अर्ध स्वचालित, ५० मिटर परसम्म प्रहार ।

९ एमएम यूएसए पिस्तोल: क्षमता १५ राउन्ड, दायरा ५० मिटरसम्म ।

९ एमएम बेरेटा पिस्तोल (इटालियन): क्षमता १५ राउन्ड, दायरा ५० मिटरसम्म ।

७.६ एमएम रिभल्भर: क्षमता ६ राउन्ड, दायरा ३० मिटरसम्म ।

इन्सास (इन्डियन स्मल आर्म सिस्टम): क्षमता ३० राउन्ड, अर्ध स्वचालित, ४०० मिटरसम्म निसाना ।

एसएलआर (सेल्फ लोडिङ राइफल): क्षमता २० राउन्ड, अर्ध स्वचालित, ८०० मिटरसम्म निसाना (जेन–जी आन्दोलनमा बानेश्वरमा प्रयोग भएको)।

पूर्वएआईजी प्रद्युम्न कार्की सरकारले सुरक्षा निकायलाई कामचलाउ ढंगबाट परिचालन गर्दा यस्तो नतिजा आएको बताउँछन् । ‘घातकभन्दा गैरघातक उपकरणमा प्रहरीलाई सम्पन्न बनाउनुपर्छ भनेको हो, तर सरकारको ध्यान घातक हतियारतिर मात्रै गयो,’ कार्की भन्छन्, ‘जेनजी आन्दोलनमा घातक बल प्रयोगको प्रोटोकल पालना गरेको देखिँदैन, एकै पटक ताकी-ताकी ज्यान लिने गरी बल प्रयोग गरिएको छ, यो दुर्भाग्य हो ।’

जेन-जी विद्रोहकै बलमा सत्ताबाट बाहिरिएका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसका दिन ‘जेनजी प्रदर्शनमा घुसपैठ भएको र प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको’ दाबी गरेका छन् । तर, दमनमा सुरक्षाकर्मीले प्रयोग गरेका हतियार, घटनास्थलबाट भेटिएका सबुत प्रमाण र राज्यले नै अनुसन्धान नगर्दै ओलीको यस्तो दाबीमाथि प्रश्न उठेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४