Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री कार्कीको पहिलो निर्णय: प्रतिनिधिसभा विघटन, फागुन २१ गते चुनाव तय


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र २८ २०८२
  • 2.8K
    SHARES

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदबहालीको केही घण्टामै आफ्नो पहिलो निर्णयस्वरूप प्रतिनिधिसभा विघटन गरेकी छन् ।

शुक्रबार साँझ शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकबाटै संसद् विघटनको निर्णय गरिएको हो ।

यस्तै, प्रतिनिधि सभा विघटन गर्दै फागुन २१ गतेको लागि प्रतिनिधि सभाको नयाँ निर्वाचन मिति तय गरिएको छ ।

हालसम्म मन्त्रिपरिषद् विस्तार नभएकाले बैठकमा प्रधानमन्त्री कार्की एक्लै उपस्थित थिइन् । संविधानअनुसार अन्तरिम सरकार प्रमुखका रूपमा उनले संसद् विघटनको सिफारिस राष्ट्रपतिसमक्ष पेश गरेकी थिइन्, जसलाई राष्ट्रपति पौडेलले स्वीकृति दिँदै हस्ताक्षर गरिसकेको जानकारी प्राप्त भएको छ ।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘भर्खरै आएका छौँ । अब भोलि–पर्सि बसेर सल्लाह गरेर मन्त्रिमण्डल विस्तार गर्छौ। ३–४ दिनको मेहनतबाट आफूले भनेजस्तै भएको हो । सदन विघटन भइसक्यो । राष्ट्रपतिले हस्ताक्षर गरिसक्नुभएको छ ।’

हालैको जेनजी आन्दोलनले उठाएको प्रमुख राजनीतिक माग प्रतिनिधिसभा विघटन नै थियो । उक्त मागलाई प्रधानमन्त्री कार्कीले सरकारको पहिलो निर्णयमार्फत सम्बोधन गरेकी हुन् ।

उनको यो कदमले मुलुक ६ महिनाभित्र नयाँ निर्वाचनमा प्रवेश गर्ने सुनिश्चितता दिएको छ । अन्तरिम प्रधानमन्त्रीका रूपमा नियुक्त कार्कीलाई राष्ट्रपति पौडेलले नयाँ जनादेशका लागि निर्वाचन गराउने संवैधानिक जिम्मेवारी दिएका थिए ।

अबको केही दिनभित्र मन्त्रिपरिषद् विस्तार गरी कार्की नेतृत्वको सरकार निर्वाचन तयारीतर्फ लाग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४