Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछाप कारागारमा गोली काण्ड : भाग्न खोज्दा कैदीहरूमा सेनाको कारबाही, धेरै घाइते


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र २६ २०८२
  • 3.2K
    SHARES

रामेछाप । रामेछाप कारागारमा बिहीबार बिहान ठूलो झडप भएको छ । कैदीबन्दीहरू भाग्ने प्रयास गरेपछि त्यहाँ खटिएको नेपाली सेनाले गोली चलाउन बाध्य भएको प्रहरीले जनाएको छ ।

कारागार प्रशासनका अनुसार करिब दुई दर्जन कैदीले मुख्य गेट र पर्खाल तोडफोड गर्दै भाग्ने प्रयास गरेका थिए । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले लाठी प्रहार र चेतावनी स्वरूप हवाइ फायर गरे पनि भीड नथामिएपछि सेनाले सीधा गोली चलाएको हो । गोली चलेको डिएसपी भोलकुमार भट्टले पुष्टि गरे । ‘हामी यही छौँ, गोली चलेको हो ।’

घटनामा करिब १५  जना कैदी घाइते भएका छन् । उनीहरूलाई जिल्ला अस्पताल रामेछापमा उपचारका लागि लगिएको छ । केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

कारागार प्रशासनले यस घटनापछि सुरक्षा कडा बनाइएको र अन्य कैदीलाई अलग–अलग कोठामा राखी निगरानी बढाइएको जनाएको छ ।

स्थानीयवासीले गोली चलेपछि केही समय आसपास त्रास फैलिएको तर अहिले स्थिति नियन्त्रणमा आएको बताएका छन् ।

यस विषयमा थप छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

रामेछाप डाँडा स्थित कारागारमा रहेका कैदिहरुले गेट तोडेर भाग्ने प्रयास गरेपछि नेपाली सेनाले गोली चलाएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताए । अहिले स्थिति सामान्य बन्दै गएको (प्रजिअ) थापाको भनाई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४