Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पत्रकार महासंघद्वारा सामाजिक सञ्जाल बन्दको निर्णयविरुद्ध आपत्ति


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र १९ २०८२
  • 2.4K
    SHARES

काठमाडौं । नेपाल पत्रकार महासंघले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ।

महासंघका महासचिव रामप्रसाद दाहालले बिहीबार जारी विज्ञप्तिमा भनेका छन् कि दर्ता वा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णयले प्रेस र अभिव्यक्ति स्वतन्त्रतामा संकुचन ल्याउन सक्ने भएकाले उनीहरू यस कदमको विरोधमा छन्।

विज्ञप्तिमा भनिएको छ, “कुनै विकल्प बिना सामाजिक सञ्जाल बन्द गर्दा नागरिकको सूचनाको हक प्रभावित हुन सक्छ भन्ने पक्षमा सरकारले ध्यान नदिएकोमा महासंघ आश्चर्य व्यक्त गर्दछ।”

सामाजिक सञ्जाल नियमनको पक्षमा भए पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रभावित हुने कुनै पनि माध्यम नियन्त्रण गर्ने कदम स्वीकार्य नभएकाे महासंघले स्पष्ट पारेको छ।

यस्ताे छ विज्ञप्ति

नेपाल सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमा सरकारी निकायमा कार्यरत सबै कर्मचारी तथा निजी, औपचारिक अनौपचारिक क्षेत्रका कर्मचारी/श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने घोषणा गरेको सर्वविदितै छ। उक्त निर्णय सरकारी तथा निजी सञ्चारमाध्यमले पूर्ण कार्यान्वयन नगरेकोमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ।

उक्त निर्णय २०८२ साल बैशाख १ गते देखि लागु हुनेगरि राजपत्रमा प्रकाशन हुँदा समेत अधिकांश सरकारी, सामुदायिक र निजी सञ्चारमाध्यमले कानुनी व्यवस्था लागु नगर्नु कानुनको ठाडो उल्लंघन हुनुका साथै कानुनी शासनको उपहास भएको महासंघको ठहर छ।

अतः उक्त कानुनी व्यवस्था पालना गर्न सबै सञ्चार प्रतिष्ठानहरूलाई महासंघ आग्रह गर्दछ र नेपाल सरकारसँग पनि कानुनी प्रावधान कडाइ साथ पालना गराउन जोडदार माग गर्दछ।

साथै, विगत केही समयदेखि कान्तिपुर मिडिया ग्रुप, रिपब्लिक मिडिया प्रालि, जनता टेलिभिजन, एभिन्युज टेलिभिजन, इमेज टेलिभिजन, हिमाल मिडिया, नेपालन्युज डटकम लगायतका सञ्चार संस्थामा गम्भीर श्रम समस्या भएको उजुरीहरू महासंघमा प्राप्त भएका छन।

पत्रकार तथा कर्मचारीहरुको सेवा सुविधा नियमित हुन नसकेको, अनावश्यक दुःख दिने गरिएको, गैरकानुनी सरूवा र निष्काशन गरिएको गुनासोप्रती महासंघ गम्भीर भएको छ । नजिकिंदै गरेको चाडपर्वलाई समेत मध्यनजर गरी सबैखाले श्रम समस्या हल गरि सञ्चार संस्था र श्रमजीवी पत्रकारहरूबिच द्वन्द्व आउन नदिन महासंघ सम्बद्ध पक्षसँग पुनः आग्रह गर्दछ।

अन्यथा श्रमजीवी पत्रकार तथा कर्मचारीको हित विपरीत रहने सञ्चारमाध्यमका विरुद्ध महासंघ आन्दोलनमा उत्रिन बाध्य हुनेतर्फ सम्बन्धित सबैलाई सचेत गराइन्छ। र, महासंघका सम्बद्ध प्रदेश समिति र शाखााहरूलाई आन्दोलनको तयारी गर्न अपिल गरिन्छ।

रामप्रसाद दाहाल

महासचिव

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४