Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिकाबाट थप ३७ नेपाली डिपोर्ट, सबैलाई नेपाल पुर्‍याइने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र १८ २०८२
  • 2.2K
    SHARES

काठमाडौं । अमेरिकामा गैरकानुनी रूपमा बसोबास गर्दै आएका ३७ नेपाली नागरिकलाई अमेरिकी सरकारले डिपोर्ट गरेको छ । उनीहरूलाई बुधबार चार्टर विमानमार्फत काठमाडौं ल्याइँदैछ । यो घटना डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालका लागि राष्ट्रपति पद सम्हालेयता डिपोर्ट गरिएका नेपालीहरूको संख्या २०० नाघेको पछिल्लो उदाहरण हो ।

अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले अमेरिकी पक्षबाट चार्टर विमानमार्फत नेपाली नागरिकहरूलाई फिर्ता पठाउने जानकारी प्राप्त भएको पुष्टि गरे । प्राप्त जानकारी अनुसार, ‘उडान नम्बर एन८२८एएक्स’ को चार्टर विमानले बुधबार यी ३७ जनालाई नेपाल ल्याउनेछ ।

डिपोर्ट गरिएका नेपालीहरूको विस्तृत विवरण अध्यागमन विभागले सार्वजनिक नगरे पनि, यसअघि यसरी नै स्वदेश फर्काइएका नेपालीहरू देशका विभिन्न २८ जिल्लाका रहेको बताएको छ । डोनाल्ड ट्रम्प प्रशासनले अवैध आप्रवासीहरूलाई सुरुमा स्वेच्छिक रूपमा स्वदेश फर्कन अनुरोध गर्दै आएको छ ।

तर, उक्त अनुरोधलाई बेवास्ता गर्नेहरूलाई भने अमेरिकी अध्यागमन अधिकारीहरूले खोजीखोजी पक्राउ गरी डिपोर्ट गर्ने नीति अपनाएको छ । यो पछिल्लो डिपोर्ट सोही नीतिको निरन्तरता हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४