Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देशभर बदली जारी : यी स्थानमा भारी वर्षाको चेतावनी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र १८ २०८२
  • 1.8K
    SHARES

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेकाले नेपालभर मनसुनी गतिविधि जारी रहेको छ । यसको प्रभावले देशका विभिन्न भू-भागमा बदली र वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा सामान्यतया बदली रहेको छ भने बाँकी भू-भागमा आंशिक बदली देखिएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

बुधबार कोशी प्रदेश र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा सामान्यतया बदली रहने सम्भावना रहेको छ। बाँकी भू-भागमा भने आंशिक बदली रहनेछ ।

वर्षाको सन्दर्भमा, कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । यसैगरी, बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र अन्य भू-भागका एक-दुई स्थानमा पनि हल्कादेखि मध्यम वर्षा हुनेछ । विभागले कोशी प्रदेशको तराई क्षेत्र र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ ।

आम जनजीवनलाई ध्यानमा राख्दै, विशेषगरी यात्रामा निस्कनेहरूलाई आवश्यक सावधानी अपनाउन र मौसमसम्बन्धी ताजा जानकारीका लागि विभागको सूचनामा अद्यावधिक रहन आग्रह गरिएको छ । भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी र पहिरोको जोखिम बढ्ने भएकाले सतर्क रहन पनि सचेत गराइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४