Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

धादिङको सातकिल्लामा लेदोसहितको पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र १२ २०८२
  • 2.5K
    SHARES

काठमाडौं । धादिङ जिल्लाको थाक्रे गाउँपालिका वडा नम्बर-७ स्थित सातकिल्लामा बुधवार राति लेदोसहितको पहिरो खसेपछि पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ । पहिरोका कारण राजधानी काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेका तथा मुग्लिनबाट काठमाडौंतर्फ आउँदै गरेका सयौं सवारी साधन र यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।

बुधवार राति परेको अविरल वर्षाका कारण सातकिल्ला नजिकैको डाँडाबाट ठूलो परिमाणमा लेदो र ढुंगासहितको पहिरो राजमार्गमा खसेको थियो । पहिरोले राजमार्गको फराकिलो खण्डलाई पूर्ण रूपमा ढाकेपछि यातायात आवागमन ठप्प भएको हो । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनका एसपी नरेश सुवेदीका अनुसार, पहिरो खसेलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो । ‘काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेका सवारी साधनहरूलाई खानीखोलामा रोकिएको छ भने मुग्लिनतर्फबाट आउने सवारी साधनहरूलाई विभिन्न सुरक्षित स्थानमा रोकेर राखिएको छ,’ एसपी सुवेदीले भने ।

पहिरो पन्छाउनका लागि बिहीवार बिहानैदेखि जेसीबीसहितको टोली परिचालन गरिएको छ । लेदो र माटोको ठूलो ढिस्को भएकाले यसलाई पन्छाउन केही समय लाग्ने अनुमान गरिएको छ । सडक विभाग र सुरक्षाकर्मीहरूको संयुक्त प्रयासमा राजमार्ग खुलाउने कार्य तीव्र गतिमा भइरहेको छ ।

ट्राफिक प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न सम्भव नभएकाले यात्रुहरूलाई धैर्य धारण गर्न र सडक खुल्न लाग्ने समयबारे जानकारीका लागि ट्राफिक प्रहरीको हटलाइनमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४