Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बाइक दुर्घटनामा गौरीशंकरका स्ववियु सभापतिसहित दुई युवाको मृत्यु, एक पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र ११ २०८२
  • 5.1K
    SHARES

काठमाडौं । दोलखामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापतिसहित दुई युवाको मृत्यु भएको छ । मंगलबार राति भीमेश्वर नगरपालिका-६, रमितेडाँडामा भएको उक्त दुर्घटनामा परी अर्का एक व्यक्ति घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, दोलखाका अनुसार दुर्घटनामा क्याम्पसका स्ववियु सभापति, भीमेश्वर नगरपालिका-५ माटीका २४ वर्षीय शिरिष बस्नेत र मोटरसाइकलमा सवार बैतेश्वर गाउँपालिका-३ मिर्गेका २६ वर्षीय श्याम बहादुर खत्री ‘सुजन’ को मृत्यु भएको हो । राति करिब ९ बजे भएको दुर्घटनापछि उपचारका लागि चरिकोटस्थित च्छो रोल्पा अस्पताल लगिएकामा उपचारकै क्रममा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौँबाट चरिकोटतर्फ जाँदै गरेको बस्नेतले चलाएको बा.५३ प ८८९९ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको बा.प्र.०२-०३४ प ३२४२ नम्बरको मोटरसाइकल लामोसाँघु-जिरी सडक खण्डमा एकआपसमा ठोक्किएका थिए । दोस्रो मोटरसाइकलका चालक बैतेश्वर गाउँपालिका-५ का २५ वर्षीय निर्मल खड्का सामान्य घाइते भएका छन् ।

उनलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ । एक उदीयमान विद्यार्थी नेताको असामयिक निधनले दोलखाको शैक्षिक तथा युवा वृत्तमा शोक छाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४