Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आज यी पाँच प्रदेशमा भारी वर्षाको चेतावनी, सतर्कता अपनाउन आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र ६ २०८२
  • 3.9K
    SHARES

काठमाडौं । मनसुनको न्यून चापीय रेखा नेपालको सरदर स्थान नजिकै सक्रिय रहँदा देशभरको मौसममा बदली भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले हाल देशका अधिकांश पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली छ भने बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ ।

महाशाखाले जारी गरेको पछिल्लो बुलेटिनअनुसार अहिले बिहान कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा पनि पानी परिरहेको छ ।

आज दिउँसो देशभर मौसम सामान्यतया बदली रहनेछ । विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा देशका अन्य पहाडी भू-भागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ । यी चार प्रदेशका थोरै स्थानमा भने भारी वर्षाको समेत सम्भावना औँल्याइएको छ ।

आज राति पनि देशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने पूर्वानुमान छ । रातिको समयमा पहाडी क्षेत्रका केही स्थान र तराईका थोरै स्थानमा मध्यम वर्षा हुन सक्नेछ । गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त क्षेत्रका नदीनालामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम रहने र सडक यातायात प्रभावित हुन सक्ने भन्दै महाशाखाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । यात्रामा निस्कनुअघि पछिल्लो मौसमी सूचनाको जानकारी लिएर मात्रै योजना बनाउन पनि अनुरोध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४