Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मंगलबार यी चार प्रदेशमा भारी वर्षाको चेतावनी, जनजीवन प्रभावित हुन सक्ने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र ३ २०८२
  • 4K
    SHARES

काठमाडौं । मनसुनको न्यून चापीय रेखा आफ्नो सरदर स्थानभन्दा दक्षिणतर्फ सरेका कारण नेपालमा मनसुनी गतिविधि केही कमजोर बनेको छ । यद्यपि, बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभावले देशका विभिन्न भागमा वर्षाको सम्भावना भने कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मनसुन कमजोर रहे पनि कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा आज दिनभर भारी वर्षाको सम्भावना छ । यसैगरी, आज राति कोशी प्रदेशको तराई क्षेत्रमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

हाल कोशी, मधेस, बागमती र कर्णाली प्रदेशमा साधारणतया बदली रहेको छ भने देशका अन्य भूभागमा मौसम आंशिक बदली भएको छ । बिहानैदेखि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ ।

महाशाखाले जारी गरेको बुलेटिन अनुसार आज दिउँसो देशभरको मौसम सामान्यतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

त्यस्तै, आज राति कोशी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागमा मौसम बदली भई थोरै स्थानमा मध्यम वर्षा हुन सक्नेछ । कोशी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको भनाइ छ ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा बाढी, पहिरो तथा भूक्षयको जोखिम हुन सक्ने भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ । विशेषगरी कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका बासिन्दालाई थप चनाखो रहन आग्रह गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४