Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

डा.सुनिल शर्माले गरे बेलबारी नगर अस्पताल भवनको उद्घाटन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन २० २०८२
  • 1.1K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा मोरङ क्षेत्र नं. ३ का संघीय सांसद डा. सुनिल शर्माले बेलबारी नगर अस्पतालको नयाँ भवन उद्घाटन गरेका छन् ।

शनिबार बिहान बेलबारी–४ बुधबारेमा आयोजित एक समारोहबीच सांसद शर्माले नयाँ भवनको उद्घाटन गरेका हुन् ।

नगर अस्पताल यसअघि बेलबारी–१ मा सञ्चालनमा थियो । अस्पताल प्रशासनका अनुसार अबदेखि सम्पूर्ण सेवा बेलबारी–४ स्थित नयाँ भवनबाट प्रदान गरिनेछ । अस्पताल आइतबारदेखि औपचारिक रूपमा नयाँ स्थानबाट सञ्चालनमा आउने जनाइएको छ ।

तलब–भत्ता नलिने प्रतिनिधिसभाका एक मात्र सांसद डा. शर्मा स्वास्थ्य सेवा क्षेत्रमा सक्रिय सामाजिक अभियन्ता पनि हुन् । देशका विभिन्न भागमा उनले निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छन् ।

ती शिविरहरूमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचारको व्यवस्था मिलाउने कार्य समेत गरिरहेका छन् ।

उनकै पहलमा नोबेल मेडिकल कलेजमा मोरङ क्षेत्र नं. ३ का नागरिकलाई लक्षित गरी ५० शय्याको निःशुल्क क्याबिन स्थापना गरिएको छ । पार्टी वा पहिचानको आधारमा नभई सबै नेपालीलाई समान रूपमा सेवा दिने प्रतिबद्धता सांसद शर्माले व्यक्त गर्दै आएका छन् ।

हालै मात्रै उनले मोरङको बेलबारीमा एउटा एम्बुलेन्स पनि हस्तान्तरण गरेका छन् । यसअघि उनी निजी पहलमा देशका सात स्थानमा एम्बुलेन्स उपलब्ध गराइसकेका छन् ।

        

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४