Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तीन दिन लामो बहसपछि माओवादी स्थायी कमिटी निष्कर्षमा, आज अध्यक्ष प्रचण्डले जवाफ दिने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन २० २०८२
  • 5K
    SHARES

काठमाडौं । शनिबारदेखि पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज सक्ने तयारी छ । तीन दिनसम्म चलेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि गहन छलफल भएको छ ।

बैठकको आजको सत्रमा महासचिव देवप्रसाद गुरुङ र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो मन्तव्य राख्ने कार्यक्रम रहेको छ । उनीहरुले धारणा राखिसकेपछि अध्यक्ष प्रचण्डले सदस्यहरुले उठाएका प्रश्न र सुझाबहरुमाथि जवाफ दिने र त्यसपछि बैठक समापन गरिने उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

शनिबार र आइतबारको बैठकमा अधिकांश स्थायी कमिटी सदस्यहरुले अध्यक्ष प्रचण्डको दस्तावेजमाथि आ-आफ्नो विचार राखिसकेका छन् । बैठकमा उपमहासचिव जनार्दन शर्मा लगायतका केही नेताहरुले प्रचण्डको दस्तावेजमाथि आलोचनात्मक टिप्पणी गरेका थिए । शर्माले विशेष महाधिवेशनको माग समेत अघि सारेका छन्, जसप्रति अन्य सदस्यहरुले भने आत्मालोचना गर्न सुझाब दिएका छन् ।

आइतबारको बैठकमा उपमहासचिव शर्माले पार्टीको मत ३१ लाखबाट ११ लाखमा झर्नुको कारणबारे प्रश्न उठाउँदै नेतृत्वप्रति कटाक्ष गरेका थिए । उनले पार्टीले संघीयताको स्वामित्व लिन नसकेको र पहिचानको मुद्दा छाडेको आरोप लगाए । बैठकमा बोल्ने अन्य सदस्यहरुले भने प्रचण्डको नेतृत्वको बचाउ गर्दै शर्माको अभिव्यक्तिको आलोचना गरेका थिए ।

पार्टीभित्र देखिएको वैचारिक अस्पष्टता र संगठनात्मक अराजकताका विषयमा बैठकमा चर्को बहस भएको छ । यद्यपि, अधिकांश सदस्यहरुले प्रचण्डको दस्तावेजलाई समर्थन गर्दै उनको नेतृत्वको आवश्यकतामा जोड दिएका छन् । अध्यक्ष प्रचण्डले बैठकमा उठेका सबै विषयलाई समेटेर जवाफ दिने र पार्टीलाई एकताबद्ध बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४