Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देशभर मनसुन सक्रिय : गण्डकी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार २५ २०८२
  • 1.1K
    SHARES

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहँदा आज पनि अधिकांश भूभागमा बदली र वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिँदै नदी तटीय क्षेत्र तथा पहाडी इलाकामा बाढी, पहिरो र गेग्रान बहावको उच्च जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।

महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा आफ्नो सरदर स्थानमा नै रहेकाले जलवाष्पयुक्त हावाको प्रभावले देशभर वर्षाको सम्भावना बढेको हो । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा मौसम सामान्यदेखि पूर्ण बदली भएको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सबै प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा तराईका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विशेषगरी गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै, उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षाका साथै हिमपातको पनि पूर्वानुमान गरिएको छ ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । रातिको समयमा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ ।

लगातारको वर्षा र थप भारी वर्षाको सम्भावनाले पहाडी क्षेत्रमा भूक्षय र पहिरो तथा तराईमा बाढी र डुबानको जोखिम बढाएको छ । महाशाखाले नदीनाला तथा खहरे खोलाहरूमा पानीको बहाव बढ्न सक्ने, यातायात क्षेत्र प्रभावित हुन सक्ने तथा दैनिक जनजीवनमा समेत असर पर्न सक्ने भन्दै सम्भावित जोखिमबाट बच्न आवश्यक पूर्वतयारी र सावधानी अपनाउन सर्वसाधारणलाई विशेष अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४