Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भिजिट भिसामा कुवेत हिँडेका ४७ नेपाली महिला दिल्लीबाट फर्काइए


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन १० २०८२
  • 2.7K
    SHARES

काठमाडौँ । भिजिट भिसामा अवैध रूपमा कुवेत जान लागेका ४७ जना नेपाली महिलालाई भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट उद्धार गरी नेपाल फर्काइएको छ । दिल्लीस्थित नेपाली दूतावासको सक्रियतामा उनीहरूलाई नियन्त्रणमा लिई स्थलमार्ग हुँदै बिहीबार राति रुपन्देही ल्याइपुर्याइएको हो ।

दिल्ली विमानस्थलबाट आवश्यक कागजात (एनओसी) बिना नै कुवेतका लागि उड्न लागेको अवस्थामा उनीहरूलाई नेपाली दूतावासको टोलीले रोकेको थियो । दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश मल्लसहितको टोलीले ती महिलाहरूलाई सुनौली नाका हुँदै रुपन्देही प्रशासनको जिम्मा लगाएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । उनका अनुसार, हाल उनीहरूलाई थप अनुसन्धानका लागि काठमाडौँ ल्याइँदैछ ।

यसैबीच, गृहमन्त्री रमेश लेखकले यस घटनालाई गम्भीरतापूर्वक लिँदै पक्राउ परेका महिलाहरूको विषयमा कडा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयका अनुसार, मन्त्री लेखकले मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई घटनाको विस्तृत छानबिन गरी दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४