Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पशुपति शवदाह गृहमा भ्रष्टाचारः सदस्य सचिव थापा १ लाख धरौटीमा रिहा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन ७ २०८२
  • 2K
    SHARES

काठमाडौं । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलनकुमार थापालाई १ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको छ ।

पशुपति शवदाह गृह मेसिन खरिदमा भ्रष्टाचार गरेको आरोप लागेका थापालाई विशेष अदालतले १ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

सोमबार विशेष अदालतमा भएको बयान र थुनछेक बहसपछि न्यायाधीश तेज नारायण सिंह राई तथा मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले थापालाई धरौटीमा छाड्न आदेश दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असार ८ गते थापा सहित १४ जना कर्मचारी र २ वटा कम्पनीलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

आयोगले १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँको हिनामिनाको आरोपसहित बिगो असुल गर्न माग दाबी पेश गरेको छ ।

अख्तियारका अनुसार शवदाह मेसिनको मूल्य ३२ लाख ५० हजार भारतीय रुपैयाँ मात्र भए पनि सो मेसिनलाई अत्यधिक मूल्यांकन गरिएको छ ।

साथै, एक करोड ५२ लाख रुपैयाँको पेस्की भुक्तानीसमेत गरिएको र सोही आधारमा कुल १० करोडभन्दा बढीको ठेक्का सम्झौता गर्दै सार्वजनिक धनको दुरुपयोग गरिएको अख्तियारको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४