Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“मनसुनका साथ विपद् पनि आइपुग्यो” – कोशी, बागमती, गण्डकीमा भारी वर्षा, यात्रा गर्दा सतर्कता अपनाउन आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन ५ २०८२
  • 1.9K
    SHARES

काठमाडौँ । देशभर मनसुनी वायु सक्रिय भएसँगै मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा वर्षा हुने जनाएको छ । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशलगायत पहाडी भूभागका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना औंल्याउँदै महाशाखाले बाढी, पहिरो र गेग्रान बहावको जोखिम उच्च रहेकोले उच्च सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा नेपालको मध्य तथा पश्चिमी भूभागमा सरदर स्थानभन्दा उत्तरतर्फ सरेकाले मनसुनी गतिविधि बढेको हो । हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर मौसम सामान्यतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका अधिकांश स्थानका साथै अन्य पहाडी भूभागमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भने भारी वर्षाको समेत पूर्वानुमान गरिएको छ। यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुन सक्ने महाशाखाको भनाइ छ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने बाँकी प्रदेशका थोरै स्थानमा वर्षा हुनेछ। रातिको समयमा विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।

महाशाखाले एक विशेष बुलेटिन जारी गर्दै भारी वर्षाका कारण पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम बढेको र नदीनाला तथा खहरे खोलाहरूमा पानीको बहाव बढ्न सक्ने चेतावनी दिएको छ। यसले सडक तथा हवाई यातायातमा समेत अवरोध ल्याउन सक्ने भएकाले यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन र मौसमको अवस्थाबारे अद्यावधिक जानकारी लिन सर्वसाधारणलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४