Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानसेनापतिद्वारा सहायकरथी झा र राणालाई दर्ज्यानी चिह्न प्रदान


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन ३ २०८२
  • 1.1K
    SHARES

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले प्राविधिकतर्फ महासेनानीबाट सहायकरथीमा बढुवा भएका धर्मेन्द्रकुमार झालाई दज्र्यानी चिह्न प्रदान गरेका छन् ।

सैनिक मुख्यालय जङगी अड्डामा आज आयोजित समारोहमा प्रधानसेनापतिले उनलाई बढुवा भएको पद सहायकरथीको दज्र्यानी चिह्न प्रदान गरेका हुन् । नेपाल सरकार मन्त्रिपरिषदले उनलाई गत असार ३० गते सहायकरथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

सेनाले सहायकरथी झालाई काठमाडौँ–तराई/मधेस द्रूतमार्ग आयोजना प्रमुखको जिम्मेवारी दिएको छ । यसअघि उहाँ गत चैत १२ देखि सोही आयोजनाको जिम्मेवारीमा थिए ।

काठमाडौँ–तराई/मधेस द्रूतमार्गको असार मसान्तसम्म भौतिक प्रगति ४१ दशमलव ३७ प्रतिशत र वित्तीय प्रगति ४२ दशमलव ७४ प्रतिशत हासिल भएको छ ।

आयोजनाअन्तर्गत सात वटा सुरूङमध्ये प्याकेज नं २ अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका र गढी गाउँपालिकामा निर्माणाधीन धेद्रे तथा लेनडाँडा सुरूङको ‘ब्रेकथ्रु’ सम्पन भएको र बाँकी निर्माणको चरणमा रहेको मन्त्रालयले जनाएको छ ।

आयोजनाअन्तर्गत विभिन्न स्थानमा रहेका जम्मा ८९ वटा पुलमध्ये ८५ स्थानका पुल निर्माणका लागि खरिद सम्झौता सम्पन्न भएकामा हालसम्म पाँच वटा पुल निर्माण भइसकेका छन् ।

यसअघि झासँग कटारी–ओखलढुङगा, वेनी –जोमसोम, मुसिकोट बुर्तीबाङ सडक आयोजनाको नेतृत्व गरी जिम्मेवारी पुरा गरिसकेको अनुभव छ ।

यसैगरी, सहायकरथीमा बढुवा हुनुभएका दिवाकरविक्रम राणा र प्रमुख सेनानीबाट महासेनानीमा पदोन्नति भएका मोहित पौडेललाई पनि बढुवा भएको पदको दज्र्यानी चिह्न प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४