Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौंका मेयर र प्रशासकीय अधिकृतको टकराव अन्त्य, बोलाइयो कार्यपालिका बैठक


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार २७ २०८२
  • 2.2K
    SHARES

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र महिनौंदेखि जारी गतिरोध अन्त्य हुने संकेत देखिएको छ । महानगर प्रमुख बालेन्द्र शाह (बालेन) र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको लामो टकरावपछि अन्ततः कार्यपालिका बैठक बस्ने सहमति जुटेको हो ।

यही सहमतिका आधारमा, गत पुस ८ गतेदेखि बस्न नसकेको कार्यपालिका बैठक आजका लागि बोलाइएको छ । विवाद समाधानका लागि बिहीबार प्रमुख शाह, उपप्रमुख सुनिता डंगोल र कार्यपालिका सदस्यहरूबीच भएको छलफलले बैठकको मार्गप्रशस्त गरेको हो । सहमतिअनुसार, प्रमुख शाहले बिहान ११ बजे आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि स्रोत अनुमान तथा सीमा निर्धारण समितिको बैठक बोलाएका छन् । त्यसलगत्तै उपप्रमुख डंगोल संयोजक रहेको राजस्व परामर्श समितिको बैठक बस्नेछ र दिउँसो २ बजे कार्यपालिकाको पूर्ण बैठक आयोजना हुनेछ ।

किन चर्किएको थियो विवाद ?

प्रमुख शाह र प्रमुख प्रशासकीय अधिकृत गुरागाईंबीचको विवादको जड पुरानो बसपार्कस्थित ‘काठमाडौं भ्यु टावर’ निर्माण प्रकरणसँग जोडिएको छ । गुरागाईंमाथि वातावरणीय परीक्षणबिना नै १२ तले टावरको नक्सालाई १९ तले बनाउन प्रक्रिया नपुर्‍याई स्वीकृत गरेको गम्भीर आरोप छ । महानगरले २०७१ सालमा निजी साझेदारीमा टावर बनाउने निर्णय गरेको थियो । यही विषयलाई लिएर प्रमुख शाहले गुरागाईंको कार्यशैलीमाथि प्रश्न उठाएपछि उनीहरूबीचको सम्बन्ध चिसिएको थियो ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहले असार १० भित्रै बजेट सभामा पेस गरिसक्नुपर्ने कानुनी प्रावधान छ । तर, आन्तरिक कलहका कारण काठमाडौं महानगरले समयसीमा गुजारिसकेको छ । समयमा बजेट ल्याउन नसक्दा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गर्ने कार्यसम्पादन मूल्यांकनमा महानगरले कम अङ्क पाउनेछ । यसले गर्दा संघीय सरकारबाट प्राप्त हुने अनुदान रकममा समेत कटौती हुन सक्ने जोखिम बढेको छ ।

आजको बैठकका लागि दुवै पक्ष तयार देखिएका छन् । प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले बैठकबारे जानकारी प्राप्त भएको र आफू सहभागी हुने बताएका छन् । प्रमुख शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले कानुनी प्रक्रियाअनुसार नै बैठक बोलाइएको बताउँदै भने, ‘बैठकमा प्रमुख प्रशासकीय अधिकृत बस्ने/नबस्ने उहाँको विवेकको कुरा हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४