Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसदअघि रास्वपा संसदीय दलको बैठक, भिजिट भिसा प्रकरणबारे थप रणनीति बनाउने


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार १४ २०८२
  • 1K
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बस्दैछ । आज बिहान ९ बजे बस्ने बैठकमा भिजिट भिसा प्रकरणसँग सम्बन्धित पछिल्ला राजनीतिक तथा प्रशासनिक घटनाक्रमबारे गहन छलफल हुने पार्टीले जनाएको छ ।

रास्वपाका प्रवक्ता तथा प्रतिनिधि सभा सदस्य मनिष झाले बैठकको एजेन्डामा भिजिट भिसा काण्डसम्बन्धी सरोकार, गृहमन्त्रीको भूमिकाप्रति उठेको प्रश्न र पार्टीको आगामी रणनीति मुख्य विषय हुने जानकारी दिए । पछिल्लो समय भिजिट भिसाका नाममा अवैध आप्रवासनको माध्यम बनेको पाइएपछि सार्वजनिक चासो बढिरहेको छ ।

यस विषयमा गृह मन्त्रालयको संलग्नता रहेको आरोप लागेपछि रास्वपाले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसदीय अवरोध र दबाबमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यद्यपि मन्त्रिपरिषद बैठकले भिजिट भिसा प्रकरणको छानबिनका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा समिति गठन गरेको छ, रास्वपाले उक्त समिति प्रती असहमति जनाउँदै छानबिन निष्पक्ष नहुने अडान लिएको छ । यसबीच रास्वपाले पार्टीको नीति र दावी स्पष्ट पार्ने उद्देश्यसहित संसदीय दलको बैठक आह्वान गरेको हो । बैठकपछि पार्टीको औपचारिक धारणा सार्वजनिक गरिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४