Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिकी दबाबपछि नाटो सुरक्षा खर्च बढाउन सहमत


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार १२ २०८२
  • 3.5K
    SHARES

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महिनौंदेखिको निरन्तर दबाब अन्ततः सफल भएको छ । सैन्य गठबन्धन नाटोका सदस्य राष्ट्रहरूले गठबन्धनको सुरक्षा खर्चमा उल्लेख्य वृद्धि गर्न सहमत भएका छन्, जसलाई राष्ट्रपति ट्रम्पले ‘अमेरिका र पश्चिमी सभ्यताको ऐतिहासिक जित’ को संज्ञा दिएका छन् । नेदरल्यान्ड्सको हेगमा जारी शिखर सम्मेलनमा लामो छलफलपछि सदस्य राष्ट्रहरू यो निर्णयमा पुगेका हुन् ।

सहमतिअनुसार, सन् २०४६ देखि लागू हुने गरी गठबन्धनको समग्र सुरक्षा बजेटमा पाँच प्रतिशतले वृद्धि गरिनेछ । राष्ट्रपति ट्रम्पले विगत एक महिनादेखि गठबन्धनका सदस्यहरू, विशेषगरी युरोपेली राष्ट्रहरूलाई रक्षा खर्च बढाउन कडा दबाब दिइरहेका थिए । सम्मेलनको निर्णय सार्वजनिक भएलगत्तै राष्ट्रपति ट्रम्पले यसलाई आफ्नो प्रशासनको ठूलो कूटनीतिक सफलताको रूपमा व्याख्या गरे । उनले भने, ‘यो केवल अमेरिकाको जित होइन, यो सम्पूर्ण पश्चिमी सभ्यता र शान्तिका लागि ठूलो जित हो । अब नाटो पहिलेभन्दा अझ बलियो र एकजुट हुनेछ ।’

यद्यपि, सदस्य राष्ट्रहरूद्वारा जारी संयुक्त विज्ञप्तिमा भने बदलिँदो वैश्विक परिस्थितिलाई खर्च वृद्धिको मुख्य कारण देखाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘रुसबाट बढ्दो सैन्य चुनौती र विश्वव्यापी आतंकवादको खतरालाई मध्यनजर गर्दै हाम्रो साझा सुरक्षा संयन्त्रलाई थप सुदृढ पार्न खर्च बढाउनु अत्यावश्यक भएको छ ।’

यसका साथै, नाटोको मूल सिद्धान्त, अर्थात् एक सदस्यमाथिको आक्रमण सबैमाथिको आक्रमण मानिने ‘सामूहिक प्रतिरक्षा’ को धारालाई निरन्तरता दिने प्रतिबद्धता पनि दोहोर्याइएको छ । ‘हाम्रो सुरक्षामा कुनै पनि चुनौती आएमा हाम्रो प्रतिबद्धता र समर्पणमाथि कसैले शङ्का नगरे हुन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४