Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रास्वपाको तेस्रो स्थापना दिवस: जनविश्वास र सुशासनको संकल्प दोहोर्‍याउँदै


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार ७ २०८२
  • 4.4K
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आज आफ्नो तेस्रो स्थापना दिवस उत्सवपूर्वक मनाइरहेको छ। वैकल्पिक राजनीतिको आधार बलियो बनाउने अठोटसहित तीन वर्षअघि गठन भएको पार्टीले छोटो अवधिमै अपार जनसमर्थन प्राप्त गरेको दाबी गर्दै, आगामी दिनहरूमा पनि सुशासन र समृद्धिको यात्रा अविचलित रूपमा अघि बढाउने प्रतिबद्धता दोहोर्‍याएको छ।

स्थापना दिवसको अवसरमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले शुभकामना सन्देश जारी गर्दै, तीन वर्षको यात्रामा साथ दिँदै आएका सबैप्रति आभार प्रकट गरेका छन्। उनले भने, “आम नागरिकको निराशा, आक्रोश र परिवर्तनको तीव्र आकांक्षाबाट जन्मिएको रास्वपा आज जनताको आशाको केन्द्र बन्दै गएको छ।”

अर्यालले पार्टी हाल केही जटिल र चुनौतीपूर्ण परिस्थितिबाट गुज्रिरहेको स्वीकार गर्दै, “परिवर्तनकारी शक्तिलाई कमजोर बनाउने राज्य संयन्त्रको दुरुपयोगविरुद्ध हामी कानुनी र जनस्तरीय संघर्षमा छुौँ,” भन्ने उल्लेख गरेका छन्।

रास्वपाले आफूलाई केवल पार्टी नभई एक अभियानका रूपमा विस्तार गरिरहेको बताउँदै, संघीय संसदमा प्रभावकारी उपस्थिति, जनमुखी कानुन निर्माण र सरकारका गलत कामको खबरदारीलाई अझ सशक्त बनाउने अठोट व्यक्त गरेको छ।

विज्ञप्तिमा देशमा जरा गाडेको दलालतन्त्र र सिन्डिकेटले सिर्जना गरेको विकृति-विसंगतिका विरुद्धको भण्डाफोर अभियान जारी रहने बताइएको छ । ‘हाम्रो मूल खबरदारी महँगी, बेरोजगारी, स्वास्थ्य र शिक्षा क्षेत्रका समस्यालगायत आमनागरिकका जनजीविकाका सवालमा केन्द्रित हुनेछ,’ अर्यालद्वारा जारी सन्देशमा भनिएको छ, ‘सडकदेखि सदनसम्म जनताको आवाजलाई निरन्तर बुलन्द बनाइरहनेछौँ ।’

पार्टीले आम नागरिकको अटुट समर्थन नै आफ्नो सबभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै, सबैलाई एकीकृत प्रयासमार्फत विकसित, सुशासित र समृद्ध नेपाल निर्माणमा जुट्न आह्वान गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४