Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सोलुखुम्बु जाँदै गरेको बस ओखलढुंगामा दुर्घटना, ४ जना घाइते


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार ४ २०८२
  • 4.4K
    SHARES

काठमाण्डौं । काठमाण्डौं देखि सोलुखुम्बु जाँदै गरेको बस ओखलढुंगामा दुर्घटना हुँदा चार जना घाइते भएका छन् । बुधबार दिउँसो सिद्धिचरण नगरपालिका–८ जरङगे स्थित सिद्विचरण लोकमार्गमा बा.प्र.–०१–००६ ख ५५८१ नम्बरको बस दुर्घटना हुदा चार जना यात्रु घाईते भएका हुन् ।

दुर्घटनामा ओखलढुंगाको चम्पादेवी गाउँपालिका–३ का ५० बर्षीया कुमारी माया बुढाथोकी, र सुनकोशी–१ बलखुका ४२ बर्षिय सहदेव गिरी र सहचालक द्वय मानेभञ्ज्याङ गाउँपालिका–३ उँबुका २५ बर्षिय बिनोद अधिकारी र सिद्विचरण–८ लगलगेका २८ बर्षिय रोशन गिरी घाइते भएका छन् ।

घाइतेहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए । चालक फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । प्रहरी श्रोतका अनुसार दुर्घटनाको कारण बारे अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४