Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“सामाजिक सञ्जालमा मार्मिक स्टाटस लेखेर हराएका डाक्टर श्रेष्ठ सकुशल उद्धार”


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार ३ २०८२
  • 1.4K
    SHARES

काठमाडौं । सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा “मलाई माफ गर मम्मी, भावना र छोरी…” भन्दै मार्मिक स्टाटस लेखेपछि सम्पर्कविहीन भएका चिकित्सक डा. केशव श्रेष्ठलाई नेपाल प्रहरीले सकुशल फेला पारेको छ।

केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक (डीआईजी) विनोद घिमिरेका अनुसार डा. श्रेष्ठलाई काठमाडौंको बालाजुस्थित एक होटलमा फेला पारिएको हो। प्रहरीको सक्रियतामा उनको उद्धार गरी अहिले काठमाडौँ प्रहरी परिसरमा राखिएको छ।

डा. श्रेष्ठले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा आफूलाई स्वास्थ्य मन्त्रालयका केही उच्च अधिकारीहरूले जबरजस्ती सरुवा गरी चरम मानसिक यातनामा पारेको भन्दै निकै भावुक र आत्मघाती संकेत दिने खालको स्टाटस लेखेका थिए।

उनको स्टाटस सार्वजनिक भएपछि प्रहरी विभागले यसलाई गम्भीर रूपमा लिँदै तत्काल खोजी तथा उद्धार कार्य प्रारम्भ गरेको थियो। लोकेसन ट्रेसमार्फत् खोजतलास गर्दा उनी बालाजुस्थित एक होटलको कोठामा भेटिएका हुन्।

उनले लेखेको स्टाटसमा मन्त्रालयका प्रशासकीय अधिकृत कुमार पोखरेल, स्थानिय नेताहरू तथा केही स्वास्थ्यकर्मीहरूको नामसमेत उल्लेख गर्दै, आफूलाई मानसिक रूपले तोडिएको र बाँच्नै गाह्रो भएको उल्लेख गरिएको थियो।

“म जिन्दगीबाट हार खाएँ,” भन्ने वाक्यले धेरैलाई भावुक बनाएको थियो भने सामाजिक सञ्जालमा उनको समर्थनमा सयौं प्रतिक्रिया आएका थिए। चिकित्सक श्रेष्ठले आफूलाई जबर्जस्ती रामेछाप सरुवा गरिएको, प्रतिशोधमा आधारभूत अधिकार खोसिएको र अन्ततः आत्महत्याको अवस्थामा पुर्‍याइएको उल्लेख गरेका थिए।

प्रहरीको सक्रिय खोजपछिको सफल उद्धारले उनको जीवन जोगिएको छ भने, यस घटनाले सरकारी संयन्त्रभित्रको असमानता र मनोवैज्ञानिक असरबारे गम्भीर बहसको खाँचो औंल्याएको छ।

हाल डा. श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर रहेको र आवश्यक मानसिक परामर्श दिइने तयारी भइरहेको प्रहरीले जनाएको छ। यस विषयमा थप अनुसन्धान र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरी स्रोतले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४