Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इजरायल-इरान युद्ध : इरानी गुप्तचरसहित सयौँ मारिए, विश्व बजारमा तेलको मूल्य वृद्धि


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार २ २०८२
  • 4.4K
    SHARES

काठमाडौं । शुक्रबारदेखि सुरु भएको इजरायल र इरानबीचको प्रत्यक्ष सैन्य द्वन्द्वले मध्यपूर्वलाई युद्धको नयाँ भुमरीमा धकेलेको छ । इजरायली आक्रमणमा इरानको रेभुलसनरी गार्डका एक उच्च अधिकारीसहित सयौँको ज्यान गएको छ भने इरानको जवाफी हमलामा इजरायलतर्फ पनि क्षति पुगेको छ ।

आइतबार राति भएको एक भीषण इजरायली आक्रमणमा इरान रेभुलसनरी गार्डका गुप्तचर प्रमुख मोहम्मद काजेमी मारिएको पुष्टि भएको छ । इरानको स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारयता इजरायली हमलामा परी दुई सय २४ जना इरानी नागरिकको ज्यान गइसकेको छ । युद्धको त्रासले राजधानी तेहरानबाट हजारौँ मानिसले सहर छाड्न थालेका छन् ।

इरानले प्रहार गरेका ब्यालिस्टिक मिसाइलहरू इजरायलका प्रमुख सहर हाइफा र तेल अभिभमा खस्दा १० जनाभन्दा बढी इजरायली घाइते भएका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानी आक्रमणबाट १० जना इजरायलीको मृत्यु भएको दाबी गरेका छन् । उनले आफ्नो देशको आक्रमणको मुख्य लक्ष्य इरानलाई आणविक हतियार बनाउनबाट रोक्नु रहेको स्पष्ट पारेका छन् ।

यो द्वन्द्वको सुरुवात शुक्रबार इजरायलले इरानको आणविक केन्द्र, सैन्य संरचना र मानव बस्तीमा समेत हवाई आक्रमण गरेपछि भएको थियो । त्यसको जवाफमा इरानले शनिबारदेखि इजरायलमाथि ब्यालिस्टिक मिसाइल प्रहार गर्न थालेको हो ।

द्वन्द्व उत्कर्षमा पुगेसँगै अन्तर्राष्ट्रिय समुदायले शान्तिका लागि अपिल गर्न थालेको छ । क्यानडामा आयोजित जी-७ बैठक सकेर फर्कने क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्षलाई तत्काल युद्धविरामका लागि आह्वान गरेका छन् ।

तर, इरानले भने आक्रमण जारी रहेको अवस्थामा वार्ता असम्भव रहेको अडान लिएको छ । इरानले आफ्नो यो सन्देश कतार र ओमानका मध्यस्थकर्तामार्फत अन्तर्राष्ट्रिय समुदायलाई दिएको रोयटर्सले जनाएको छ ।

युद्धको प्रत्यक्ष असर विश्व अर्थतन्त्रमा देखिन थालेको छ । सोमबार विश्व बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य वृद्धि भएको छ, जसले विश्वव्यापी महँगी बढ्ने संकेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४