रामेछाप, जेष्ठ ३० – रामेछापको गोकुलगंगा गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा उल्लेखनीय उद्यमशीलता प्रदर्शन गर्ने स्थानीय उद्योगी तथा व्यवसायीहरूलाई सम्मानित गर्ने तयारी गरेको छ। गाउँपालिकाले स्थायी रूपमा गाउँभित्र उद्योग/व्यवसाय सञ्चालन गरी उत्पादन, रोजगारी र आर्थिक समृद्धिमा योगदान पुर्याउँदै आएका व्यवसायीहरूबाट १५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ।
गाउँपालिकाले यस सम्मान कार्यक्रममार्फत स्थानीय स्तरमा उद्यम गर्ने साहसी र मेहनती व्यक्तिहरूको पहिचान गरी उनीहरूलाई प्रोत्साहित गर्ने नीति लिएको छ। स्थानीय स्रोत, साधन र सीपको अधिकतम प्रयोग गर्दै सामाजिक–आर्थिक रूपान्तरणमा टेवा पुर्याउने यस्ता उद्योगीहरूलाई प्रेरणाको पात्र बनाउन ‘उद्योगी सम्मान २०८२’ प्रदान गरिने जनाइएको छ।
✅ आवेदन दिन सक्ने उद्योगीका योग्यता:
गोकुलगंगा गाउँपालिकाभित्र स्थायी रुपमा उद्योग/व्यवसाय सञ्चालन गरिरहेका नेपाली नागरिक।
कम्तीमा २ वर्षदेखि निरन्तर सञ्चालनमा रहेको उद्योग/व्यवसाय।
नविकरणमा कुनै पनि किसिमको जरिवाना नभएको प्रमाण।
लेखापरीक्षण गरिएको र व्यवस्थित कारोवार रहेको।
उद्योगबाट कम्तीमा २ जनालाई रोजगारी दिइएको।
🗂 आवश्यक कागजात:
नागरिकता प्रमाणपत्रको प्रतिलिपि, उद्योग दर्ता तथा नविकरण प्रमाणपत्र।
विगत ३ वर्षको लेखापरीक्षण प्रतिवेदन र सहकारी/निकायबाट प्राप्त पुरस्कार वा सम्मान भए सोको प्रमाण।
PAN/VAT दर्ता प्रमाणपत्र तथा कर चुक्ता प्रमाण।
रोजगारी दिएका व्यक्तिलाई बैंकमार्फत तलब भुक्तानी भएको प्रमाणपत्र।
गोकुलगंगा गाउँपालिकाका प्रमुख प्रशासनिक अधिकृत दिनेश भट्टराईले हस्ताक्षरित सूचनामा स्थानीय उद्यमशीलता प्रवर्द्धन गर्दै दीगो आर्थिक विकासको मार्ग प्रशस्त गर्न यस्ता सम्मान कार्यक्रम आवश्यक रहेको जनाइएको छ।
📞 थप जानकारीका लागि:
🌐 Website: www.gokulgangamun.gov.np
📧 Email: info@gokulgangamun.gov.np
📱 Phone: 9854043640
🗣 “स्थानीय उत्पादनको प्रवर्द्धन, उद्यमशीलताको सम्मान – गोकुलगंगा गाउँपालिकाको अभियान”