Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसद् दुई सातादेखि अवरुद्ध, बजेट र विधेयकहरू अन्योलमा माओवादी केन्द्रको लचक, रास्वपाको ‘बटमलाइन’ले बढायो गतिरोध


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ ३० २०८२
  • 1.4K
    SHARES

काठमाडौं । प्रमुख प्रतिपक्षी दलहरूले दुई सातादेखि संसद् अवरुद्ध गर्दा मुलुकको बजेट, महत्त्वपूर्ण विधेयक र नागरिकका सवालहरू ओझेलमा परेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई जोडेर संसदीय छानबिनको माग गर्दै निरन्तर संसद् अवरुद्ध भइरहेको हो ।

गतिरोध अन्त्यका लागि सत्तारूढ र विपक्षी दलहरूबीच पटक-पटक वार्ता भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अडानका कारण सहमति जुट्न सकेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुखमाथि अख्तियारले छानबिन थालेपछि विपक्षी माओवादी र रास्वपाले गृहमन्त्रीमाथि समेत अनुसन्धान गर्न अधिकारसम्पन्न संसदीय समिति गठन हुनुपर्ने माग राखेका हुन् । यही मागलाई लिएर १३ जेठयता बजेट प्रस्तुत गर्ने दिनबाहेक संसद् बैठक चल्न सकेको छैन ।

संसद् खुलाउने विषयमा सत्तारूढ एमाले-कांग्रेस र प्रमुख प्रतिपक्षी माओवादीबीच ‘मध्यमार्गी समाधान खोज्ने’ सैद्धान्तिक समझदारी भइसकेको छ । माओवादीले ‘अख्तियारको अनुसन्धानलाई सघाउने र अध्यागमनमा नीतिगत, कानुनी तथा संरचनागत सुधार गर्ने’ दुईबुँदे प्रस्ताव अघि सारेर लचकता देखाएको छ । तर, रास्वपाले उक्त प्रस्ताव अस्वीकार गर्दै संसदीय छानबिन समितिको गठनलाई आफ्नो ‘बटमलाइन’ बनाएको छ । सत्तारूढ दलहरू भने संवैधानिक निकायले छानबिन गरिरहेको विषयमा अर्को समिति बनाउनु असान्दर्भिक हुने र यो माग पूर्वाग्रहबाट प्रेरित रहेको बताउँछन् ।

संसद्को यो गतिरोधले आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल पूर्ण रूपमा रोकिएको छ । बजेटमा आफ्ना कार्यकर्तालाई पोस्ने गरी कार्यक्रम राखिएको, असमान वितरण भएको र विवादास्पद शीर्षकमा रकम विनियोजन गरिएको जस्ता गम्भीर आरोपमाथि बहस हुन पाएको छैन । यसैगरी, लामो समयदेखि प्रतीक्षामा रहेका संघीय निजामती र शिक्षासम्बन्धी विधेयकहरू पनि अनिश्चित बनेका छन् ।

प्रमुख प्रतिपक्षी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुस्ताङ भ्रमणबाट फर्केपछि बिहीबार निर्णायक वार्ता हुने र गतिरोध अन्त्य हुने आशा गरिएको छ । तर, रास्वपा आफ्नो अडानबाट पछि नहटेमा सहमति टाढिने र मुलुकको विधायिकी प्रक्रिया थप जटिल बन्ने देखिन्छ ।

गत वर्ष तत्कालीन गृहमन्त्री रवि लामिछानेविरुद्ध कांग्रेसले यस्तै प्रकृतिको माग राखेर संसद् अवरुद्ध गरेको थियो, जसलाई अहिले रास्वपाले ‘बदलाको राजनीति’ को अवसरका रूपमा लिएको सत्तारूढ दलका नेताहरूको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४