Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसदीय गतिरोधबीच बोलाइयो प्रतिनिधिसभा बैठक


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ २९ २०८२
  • 2.6K
    SHARES

काठमाडौं । ‘भिजिट भिसा’ प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दलहरूको निरन्तर अवरोधका कारण संसदीय गतिविधि ठप्पप्रायः भइरहेको अवस्थामा आज पुनः प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक अपराह्न १:०० बजे बस्ने गरी बोलाइएको हो ।

बोलाइएको बैठकमा सरकारले बजेटमाथिको छलफललाई कार्यसूचीमा राखे पनि बैठक सुचारु हुनेमा भने अनिश्चितता कायमै छ । प्रमुख प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै गत जेठ १३ गतेदेखि लगातार बैठक अवरुद्ध गर्दै आएका छन् । दलहरूबीच सहमतिका लागि भएका पटक-पटकका प्रयासहरू निष्कर्षविहीन बनेपछि आजको बैठक पनि प्रभावित हुने सम्भावना छ ।

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार, आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यक्रम  छ। त्यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने महत्त्वपूर्ण कार्यसूची पनि रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४