Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विपक्षी नरम बन्दा गृहमन्त्री लेखकलाई राहत, आजदेखि सदन चल्ने संकेत


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ २६ २०८२
  • 4.1K
    SHARES

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक दिउँसो १ः०० बजे बस्ने गरी बोलाइएको हो ।

आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नुहुने छ ।

संसद्को गाँठो फुक्दै
प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गृहमन्त्री रमेश लेखकको राजीनामाको मागबाट पछि हटेसँगै लामो समयदेखिको संसद् अवरोध खुल्ने सङ्केत देखिएको छ ।

‘भिजिट भिसा प्रकरण’मा उच्चस्तरीय छानबिन समिति गठन भएमा सदनको गतिरोध अन्त्य गर्न तयार रहेको माओवादीको पछिल्लो निर्णयले राष्ट्रिय राजनीतिमा नयाँ तरंग सिर्जना गरेको छ भने सत्ता समीकरणमा समेत फेरबदल आउन सक्ने अड्कलबाजी सुरु भएको छ ।

‘भिजिट भिसा प्रकरण’मा गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै माओवादीसहितका प्रतिपक्षी दलहरूले गत जेठ १३ गतेदेखि निरन्तर संसद् अवरुद्ध गर्दै आएका थिए । तर, पछिल्लो राजनीतिक विकासक्रमसँगै माओवादी आफ्नो प्रमुख मागबाट लचक बन्दै छानबिन समितिको गठनलाई प्रमुख शर्त बनाएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षी दलहरूको बैठकले भरपर्दो छानबिन समिति गठनमा सहमति जुटे प्रतिनिधिसभाको अवरोध खोल्ने निर्णय गरेको पुष्टि गरे । सदनको गतिरोध अन्त्य गर्ने उद्देश्यले अध्यक्ष प्रचण्ड र प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको सघन संवादपछि यो सहमति जुटेको हो ।

स्रोतका अनुसार, दुई नेताबीच भएको छलफलमा माओवादीले गृहमन्त्रीको राजीनामाको माग छाड्ने र सरकार उच्चस्तरीय छानबिन समिति गठन गर्न तयार हुने समझदारी बनेको छ । दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकअघि नै सहमतिलाई अन्तिम रूप दिने प्रयास भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४