Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछापमा बुहारीको हत्या गरी प्रहरी चौकी पुगे ससुरा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ ११ २०८२
  • 1.8K
    SHARES

रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिका-१२, गेलु सिक्रालमा शुक्रबार साँझ एक ससुराले आफ्नै बुहारीको खुकुरी प्रहार गरी बीभत्स हत्या गरेका छन् । ६१ वर्षीय शम्भु बुढाथोकीले अन्दाजी २८ वर्षीया बुहारी पवित्रा बुढाथोकीको ज्यान लिएका हुन् ।

पवित्रा आफ्नो छोरालाई लिन ससुराली घर आएको बेला यो दुखद घटना भएको हो । ससुरा शम्भु बुढाथोकीले बुहारीमाथि धारिलो खुकुरीले निर्मम प्रहार गरेका थिए, जसका कारण पवित्राको घटनास्थलमै मृत्यु भएको बताइएको छ । बुहारीको हत्या गरेलगत्तै आरोपी ससुरा शम्भुले नजिकैको खिम्ती प्रहरी चौकीमा आफैं पुगेर आत्मसमर्पण गरेका छन् ।

मृतक पवित्राका श्रीमान् खम्बबहादुर बुढाथोकीले गत साउन महिनामा आत्महत्या गरेका थिए । खम्बबहादुरको आत्महत्यापछि ससुरा शम्भुले बुहारी पवित्राकै कारण छोराले ज्यान फालेको भन्दै निरन्तर आरोप लगाउँदै आएका थिए । सोही रिसइबी र मानसिक तनावका कारण यो जघन्य अपराध भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

पवित्राका ९ वर्षीय छोरा घटनाको समयमा हजुरबुबा-हजुरआमा (शम्भु)सँगै बस्दै आएका थिए । आत्मसमर्पण गरेका बुढाथोकीलाई हिरासतमा राखी घटनाबारे थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४