Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देशभर बदलिंदो मौसम : चट्याङसहित वर्षाको सम्भावना


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ ११ २०८२
  • 722
    SHARES

काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रभावका कारण विभिन्न प्रदेशहरूमा मौसम बदली भइरहेकाे छ भने कतिपय स्थानमा चट्याङसहित वर्षा समेत भइरहेको छ ।

कोशी, मधेस र बागमती प्रदेशलगायतका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहँदा बाँकी क्षेत्रको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । विशेष गरी बागमती प्रदेशका केही स्थानहरूमा तथा कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

यसैबीच, बङ्गालको खाडीको उत्तर पश्चिम र दक्षिण पश्चिम क्षेत्रहरूमा तथा माल्दिभ्स र श्रीलङ्कासम्म मनसुन प्रवेश गरिसकेको छ । बङ्गालको खाडीबाट जमिनतर्फ मनसुनको प्रवाह अगाडि बढिरहेको अवस्थामा नेपालमा पनि आगामी दिनमा मनसुन सक्रिय हुने संकेत देखिएको छ ।

दिउँसो सातै प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने र एक-दुई स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । हिमाली भेगका एक-दुई स्थानहरूमा हल्का वर्षासहित हिमपात पनि हुनसक्ने पूर्वानुमान गरिएको छ। यो अवस्था रातिसम्म पनि कायम रहने छ ।

मौसमी अवस्थाको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक यातायात तथा हवाई उडानहरू प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आम सर्वसाधारणलाई आग्रह गरेको छ । यात्राका योजना बनाउँदा मौसमको अवस्थाबारे जानकारी लिई आवश्यक सावधानी अपनाउन समेत महाशाखाले सुझाव दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४