Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सभापतिको थुनासम्बन्धी सर्वोच्चको आदेशपछि रास्वपाले बोलायो आकस्मिक बैठक


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ ११ २०८२
  • 1.3K
    SHARES

काठमाडौं । सभापति रवि लामिछानेलाई थुनामै राख्ने सर्वोच्च अदालतको आदेशपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको उच्च तहका बैठकहरू बोलाएको छ । सर्वोच्च अदालतले शुक्रबार लामिछानेलाई थुनामुक्त गर्नुपर्ने मागसहित दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेपछि रास्वपा सचिवालयको आकस्मिक भर्चुअल बैठक बसेको हो ।

बैठकले उत्पन्न परिस्थितिबारे गम्भीर छलफल गर्न थप बैठक आह्वान गरेको पार्टीले जनाएको छ । रास्वपाका अनुसार आज दिउँसो ३ बजे पुनः सचिवालयको भर्चुअल बैठक र त्यसपछि ४ बजे केन्द्रीय समिति बैठक बस्ने कार्यक्रम तय भएको छ ।

यसैबीच, रास्वपाले आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक आह्वान गर्ने निर्णय पनि गरेको छ । पार्टीभित्र नेतृत्व, संगठन र आगामी रणनीतिलाई लिएर गहिरो छलफल हुने अपेक्षा गरिएको छ ।

शुक्रबार सर्वोच्च अदालतको संयुक्त इजलासले उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेश सदर गर्दै, सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्नुपर्ने आदेशलाई यथावत् राखेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४