Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दुई अर्ब ठगेका मेयर नेपालीलाई २० लाख धरौटीमा छोड्न आदेश हेर लाजनिती !


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ १० २०८२
  • 2.3K
    SHARES

काठमाडौँ  । सहकारी ठगी अभियोगमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई जिल्ला अदालत कास्कीले २० लाख रुपैयाँ धरौटी माग गरेको छ । अदालतका सूचना अधिकारी दामोदर आचार्यका अनुसार न्यायाधीश कृष्णजंग शाहको इजलासले गत मंगलबार उक्त आदेश दिएको हो ।

तर,नेपालीले धरौटी बुझाउन नसकेपछि उनलाई बागलुङ कारागार चलान गरिएको छ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका तत्कालीन उपाध्यक्ष रहेका बेला नेपालीको खातामा कानुनविपरीत ७७ लाख ५० हजार रुपैयाँ जम्मा भएको अनुसन्धानबाट खुलेको छ । उनले सहकारी ऐनविपरीत लगिएको सो रकम फिर्ता नगरेको भन्दै जिल्ला सरकारी वकिलको कार्यालयले उनलाई प्रतिवादी बनाई मुद्दा दायर गरेको थियो ।

सहकारीका तत्कालीन अध्यक्ष जीबी राईसँग आर्थिक विवादपछि नेपालीले सूर्यदर्शन सहकारी परित्याग गरेका थिए । त्यसपछि उनले पोखरा र आफ्नो गृहजिल्ला बागलुङमा छुट्टाछुट्टै इमेज बचत तथा ऋण सहकारी संस्था स्थापना गरेका थिए ।

नेकपा एमालेबाट ढोरपाटन नगरपालिकाको मेयरमा निर्वाचित नेपालीमाथि पोखरा र बागलुङका दुई सहकारीमार्फत झण्डै २ अर्ब रुपैयाँ ठगी गरेको गम्भीर आरोप लागेको छ । यस ठगीकाण्डका कारण सयौं बचतकर्ता प्रभावित बनेका छन् । अभियोग लागेपछि १६ महिनासम्म भारतमा फरार रहेका नेपालीलाई नेपाल प्रहरीले गत असोज ११ गते नयाँ दिल्लीबाट पक्राउ गरी स्वदेश ल्याएको थियो । नेकपा एमालेको मेयर भएकै कारण उनलाई दुइ अर्बको ठगि मुद्दाः चल्दा पनि जम्मा २० लाख धरौटी मागिएको छ ,आखिर न्यायमा पनि यतिधेरै भेदभाब हुन्छ ,कारण हो एमालेको मेयर हेर हाम्रो देशको लाजनिती ! अब कहिले सम्म हुन्छ यिनिहरुको लुटतन्त्र ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४