Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पुटिन टर्कीको शान्ति वार्तामा सहभागी होलान् ? क्रेमलिनको सूचीले त्यसो देखाउँदैन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ २ २०८२
  • 1.3K
    SHARES

काठमाडौं । रूसले बुधबार टर्कीमा युक्रेनसँग हुने शान्ति वार्ताका लागि सहभागी अधिकारीहरूको सूची सार्वजनिक गर्‍यो। तर, सो सूचीमा एक महत्वपूर्ण व्यक्तिको नाम देखिएनः रूसी राष्ट्रपति भ्लादिमिर भ्लादिमिर पुटिन।

युद्ध सुरु गर्ने उद्देश्यसहित सन् २०२२ मा युक्रेनमाथि पूर्ण आक्रमणको आदेश दिएका रूसी कमाण्डरको नाम सूचीमा नहुनुले पुटिन यसै हप्ता युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग आमनेसामने नहुने पक्का रहेको बलियो संकेत गरेको छ। जेलेन्स्कीले पुटिनलाई ‘हत्यारा’ भनेका छन्।

क्रेमलिनका अनुसार टर्की भ्रमण गर्ने यो रूसी प्रतिनिधिमण्डल पुटिनको चाहनाअनुसार बनेको हो ।

अर्कातर्फ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल ह्वाइट हाउसको नेतृत्व गर्नुअघि नै शान्ति वार्ताको पक्षमा दबाब दिन थालेका थिए। उनले यसअघि टर्कीको बैठकमा सहभागी हुन सक्ने बताएका थिए।

‘म वास्तवमै त्यहाँ उडेर जाने विचार गरिरहेको थिएँ,’ ट्रम्पले सोमबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा भनेका थिए ।

तर बुधबार, मध्यपूर्वका तीन राष्ट्रको भ्रमणमा रहेका ट्रम्पले पनि वार्तामा सहभागी नहुने संकेत दिए र योजना अनुसार संयुक्त अरब इमिरेट्स भ्रमणमा जाने बताए। उनले अमेरिकी विदेशमन्त्री मार्को रुबियो भने टर्कीमा हुने वार्तामा सहभागी हुने बताए ।

‘भोलि कार्यक्रमहरूमा पूर्ण रूपमा व्यस्त हुनेछौं, तपाईंहरू बुझ्नुहुन्छ,’ ट्रम्पले बुधबार पत्रकारसँग भने। ‘हामी भोलि युएई जाँदैछौं। त्यसैले हाम्रो तालिका निकै व्यस्त छ। अब यसको मतलब यो होइन कि धेरै मानिसको ज्यान बचाउन म फर्केर आउँदिन। तर, हो, म त्यसबारे सोचिरहेको छु।’

लेन्स्कीले रूसले युद्धविरामको पालना गरेसम्म युक्रेनले पनि पालना गर्ने बताए। तर, किभले रूसले आफ्नो युद्धविराम आफैं उल्लङ्घन गरेको आरोप लगायो
पुटिनको बारेमा ट्रम्पले थपे, ‘म त्यहाँ नजाँदा पुटिन जान्छन् कि जान्नन् भन्न सक्दिनँ। अब हेर्ने हो। मार्को जाँदै छन् र उनी निकै प्रभावकारी हुनुहुन्छ।’

मार्को रुबियोसँगै ट्रम्पका विशेष दूतहरू स्टिभन विटकोफ र कीथ केलोग पनि टर्की जाने अपेक्षा गरिएको छ।

बुधबार सामाजिक सञ्जालमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने, ‘रूसबाट को आउँछ भन्ने हेरेपछि मात्रै वार्ताबारे युक्रेनले कुन कदम चाल्ने हो भन्ने निर्णय लिनेछ।’ साथै, उनले पुटिनले वार्ता अस्वीकार गरे पश्चिमी कडा प्रतिबन्ध लाग्नुपर्ने माग गरे।

क्रेमलिनले रूसी प्रतिनिधिमण्डलको नेतृत्व पुटिनका घनिष्ट सहयोगी भ्लादिमिर मेदिन्स्कीले गर्ने स्पष्ट पारेको छ। सो टोलीमा उपरक्षा मन्त्री अलेक्जेन्डर फोमिन पनि हुनेछन्, जो २०२२ मा मस्को–किभ वार्तामा सहभागी भएका थिए। साथै, अन्य वरिष्ठ सैन्य तथा गुप्तचर अधिकारीहरू पनि टोलीमा हुनेछन्।

तीन वर्षभन्दा लामो युद्धपछि पुटिनको सन्देश ‘रूस युद्धमैदानमा विजयी भइरहेको छ’ भन्ने हो। तर, विश्लेषकहरूको भनाइ अनुसार रूसी सैनिकहरू र ब्रिगेडहरू थकित भएका छन् र मस्को नष्ट भएको सैन्य उपकरण पुनःस्थापित गर्न संघर्ष गरिरहेको छ।

सन् २०२४ को अगस्टमा युक्रेनी सेनाले रूसको कुर्स्क क्षेत्रमा आक्रमण गरे पनि त्यसपछि उनीहरू लगभग पूरै फिर्ता भइसकेका छन्। देशको पूर्वी भागमा युक्रेनले लगातार आफ्ना भूभागहरू गुमाइरहेको छ।

ट्रम्पले शान्ति वार्ता अघि बढाउने प्रयास गरिरहँदा किभले भने अमेरिकाबाट सुरक्षा प्रत्याभूति आवश्यक पर्ने जोड दिएको छ। युक्रेनले गत महिना एउटा सम्झौता समेत गरेको थियो जसअनुसार दुर्लभ खनिज स्रोतबाट भविष्यमा प्राप्त आम्दानीको हिस्सा अमेरिकालाई दिने उल्लेख छ। तर, अन्तिम सम्झौतामा स्पष्ट रूपमा अमेरिकी सुरक्षा सहायता प्राप्त हुने भन्ने बुँदा उल्लेख थिएन।

शान्तिको दबाब बढेसँगै ह्वाइट हाउसले मार्चमा युक्रेन र रूसले ब्ल्याक सीमा युद्ध रोक्ने सहमति गरेका घोषणा गरेका उल्लेख गरेको थियो र ऊर्जा पूर्वाधारमाथि हुने आक्रमण रोक्ने विस्तृत योजना तयार पार्ने काममा लागेका पनि जिकिर गरेको थियो ।

त्यसै महिनाको अन्त्यमा साउदी अरेबियामा वार्ता सम्पन्न भएपछि युक्रेनले ट्रम्प प्रशासनद्वारा प्रस्तावित ३० दिने युद्धविरामलाई समर्थन गरेको थियो। यसले ह्वाइट हाउसमा जेलेन्स्की र ट्रम्पबीचको सार्वजनिक विवादपछि ठप्प भएको वार्तालाई नयाँ गति दिएको थियो।

त्यसपछि अप्रिलमा पुटिनले ‘इस्टर युद्धविराम’ घोषणा गर्दै युक्रेनविरुद्ध सबै सैन्य गतिविधि रोकिने आदेश दिएका थिए। यो कदम ट्रम्प प्रशासनलाई रूस वार्तामा अझै इच्छुक छ भन्ने देखाउन गरिएको प्रयास थियो।

जेलेन्स्कीले रूसले युद्धविरामको पालना गरेसम्म युक्रेनले पनि पालना गर्ने बताए। तर, किभले रूसले आफ्नो युद्धविराम आफैं उल्लङ्घन गरेको आरोप लगायो।

ट्रम्पले रूसले युद्ध नरोकेकोमा निराशा व्यक्त गरेपछि पुटिनले मे ८ देखि तीन दिनको युद्धविराम घोषणा गरे, जुन मे ९ को दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथिको सोभियत विजय दिवसको स्मरणमा गरिएको हो। जेलेन्स्कीले सो प्रतिबद्धतालाई रूसी ‘चालबाजी’ को संज्ञा दिए।

बेलायत र फ्रान्सले युक्रेन–रूसबीच शान्ति सम्झौता गराउन ‘इच्छुकहरूको गठबन्धन’ निर्माण गर्ने वाचा गरे। त्यसपछि युरोपेली मुलुकहरूको गठबन्धनले रूसलाई ३० दिने युद्धविराम स्वीकार्न वा नयाँ प्रतिबन्धको सामना गर्न एक समयसीमा तोकेको थियो।

बुधबारको सामाजिक सञ्जाल पोस्टमा, युक्रेनी राष्ट्रपतिले भने, ‘म रूससँग जुनसुकै ढाँचाको वार्ताको लागि तयार छु।’

‘रूस युद्ध लम्बाइरहेको छ र मान्छे मारिरहेको छ,’ जेलेंस्कीले थपे, ‘र म ती सबै देश र नेताहरूलाई धन्यवाद दिन चाहन्छु जो अहिले रूसमाथि दबाब दिइरहेका छन् ताकि युद्ध अन्ततः बन्द होस्।’

(न्युयोर्क टाइम्सका लागि योनेट जोसेफको सामग्रीको नेपाली भावानुवाद)

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४