Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आज कतै चट्याङसहित वर्षा, कतै हावाहुरीको सम्भावना


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ १ २०८२
  • 1.1K
    SHARES

काठमाडौं । कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफा देखि आंशिक बदली हुने सम्भावना रहेको छ ।

आज देशका केही ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा, थोरै ठाउँमा चट्याङसहित वर्षा, एक/दुई ठाउँमा हिमपातसहित वर्षा र केही ठाउँमा हावाहुरीको सम्भावना पनि रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ । महाशाखाका अनुसार ती प्रदेशका एक/दुई स्थानमा चट्याङसहित वर्षाको सम्भावना पनि रहेको छ ।

देशका उच्च-पहाडी तथा हिमाली भू-भागका ‍एक-दुई स्थानमा हल्का वर्षाका साथै हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भने हावाहुरीको सम्भावना रहेको छ ।

आज राति पनि कोशी, बागमती र गण्डकीका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग् सहित हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च-पहाडी तथा हिमाली भू-भागका ‍एक-दुई स्थानमा हिमपातसहित हल्का वर्षाको सम्भावना हरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४