Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतले पाकिस्तानी सैन्य एयर बेसमा मिसाइल प्रहार गर्‍यो, द्वन्द्व रोकिने संकेत छैन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख २७ २०८२
  • 1.8K
    SHARES

काठमाडौं । पाकिस्तानले भारतले उस्का तीनवटा सैन्य एयर बेसमा मिसाइल आक्रमण गरेको दाबी गरेको छ। यद्यपि भारतले यसबारे कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। क्षेत्रीय तनाव तीव्र बन्दै गएका बेला आएको यो घटनाले दक्षिण एसियामा सुरक्षा चुनौती थप चर्किने संकेत देखिएको छ।

पाकिस्तानी सुरक्षा स्रोतका अनुसार लक्षित गरिएका एयर बेसहरूमध्ये एक राजधानी इस्लामाबाददेखि करिब १० किलोमिटर टाढा रहेको रावलपिण्डीस्थित नुर खान एयर बेस हो, जुन पाकिस्तानी सेनाको महत्वपूर्ण मुख्यालयमध्ये पर्छ।

पाकिस्तानी सेनाका प्रवक्ताले मिसाइल आक्रमणको पुष्टि गर्दै ती प्रक्षेपणहरू कमजोर प्रकृतिका रहेको र पाकिस्तानले सहजै प्रतिकार गर्न सक्ने दाबी गरेका छन्। प्रवक्ताले स्थिति नियन्त्रणमा रहेको जनाएका छन् भने नागरिकहरूलाई सतर्क रहन आह्वान गरेका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सीमावर्ती क्षेत्रमा रहेका बासिन्दाको अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको उल्लेख गरेका छन्। लगातार आक्रमण भइरहँदा स्थानीय बासिन्दा त्रसित अवस्थामा छन्, र त्यहाँ बसोबासको लागि सुरक्षित बङ्करको अभाव रहेको बताइएको छ।

सीमामा दुवै देशका सेनाबीच गोलीबारी तथा क्षेप्यास्त्र प्रहार भइरहेको खबर आइरहेकाले परिस्थितिको गम्भीरता बढ्दो छ। युद्धको सम्भावना गहिरिँदै जाँदा मानविय संकट चुलिन सक्ने विश्लेषकहरूको चेतावनी छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४