Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘अपरेशन सिन्दूर’पछि पाकिस्तानको जवाफ- रातभर आकाशमा हमला र रक्षा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख २६ २०८२
  • 1.3K
    SHARES

काठमाडौं । भारत-पाकिस्तानबीच तनाव उत्कर्षमा पुगेको छ । लगातार दोस्रो दिन बिहीबार राति पाकिस्तानले ड्रोन र मिसाइल आक्रमणमार्फत् भारतका विभिन्न संवेदनशील क्षेत्रहरूलाई निशाना बनाएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ । जम्मु-कश्मीर, पञ्जाब, राजस्थान र गुजरातका अनेकौं स्थानहरूमा यी आक्रमणहरू भएको पुष्टि गरिएको छ ।

भारतीय सेनाका अनुसार पाकिस्तानले आत्मघाती ड्रोनसहित आठवटा मिसाइल आरएसपुरा, सतवारी, साम्बा र अरनियातर्फ दागेको थियो । तर भारतले अत्याधुनिक एस–४०० एयर डिफेन्स प्रणाली प्रयोग गरेर सबै आक्रमण निष्फल बनाएको दाबी गरिएको छ ।

यसअघि बुधबार राति पनि जम्मु र पठानकोटका सैन्य ठेगानाहरूमा पाकिस्तानले आत्मघाती ड्रोनमार्फत आक्रमण गरेको थियो । लगातार दुई दिनसम्म उही स्थानहरूलाई पुनः लक्षित गर्दै आक्रमण गरिएको रक्षा स्रोतहरूले जनाएका छन् ।

कश्मीर सीमा क्षेत्रमा गोली हानाहान

यसैबीच, कश्मीरको आरएसपुरा सेक्टर, कुपवाडा र बारामुल्ला नजिक नियन्त्रण रेखा (एलओसी) आसपास पाकिस्तानबाट गोली प्रहार गरिएको भारतीय पक्षको दाबी छ। आरएसपुरा क्षेत्रमा दोहोरो गोली हानाहान जारी रहेको बताइएको छ ।

केही क्षेत्रमा ब्ल्याकआउट घोषणा

सुरक्षाका दृष्टिले भारतले जम्मु-कश्मीर, राजस्थान, पञ्जाब र गुजरातका संवेदनशील सहरहरूमा ब्ल्याकआउट गरेको छ । प्रभावित क्षेत्रहरूमा जम्मु, उधमपुर, किश्तवाड, श्रीनगर, अनन्तनाग, बाडमेर, बिकानेर, श्रीगंगानगर, चण्डीगढ, अमृतसर, जालन्धर, होशियारपुर, पठानकोट, भुज र कच्छ समावेश छन् ।

भारतीय सेनाले बुधबार बिहान ‘अपरेशन सिन्दूर’ अन्तर्गत पाकिस्तानको केही एयर डिफेन्स संरचना ध्वस्त बनाएको दाबी गरेको थियो । त्यसको जवाफस्वरूप बुधबार राति र बिहीबार पाकिस्तानले भारतका १५ भन्दा बढी सैन्य ठेगानाहरूमा हमला प्रयास गरेको भारतीय रक्षा स्रोतहरूको भनाइ छ । पाकिस्तानले भने भारतको दाबीलाई खण्डन गर्दै कुनै क्षति नभएको बताएको छ ।

यसबीच, आक्रमणमा पाकिस्तानले इजरायलबाट प्राप्त ‘हार्पी’ ड्रोन प्रयोग गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको दाबी पनि गरिएको छ ।

भारतको रक्षा प्रणाली सतर्क

भारतीय सेनाको इन्टिग्रेटेड डिफेन्स स्टाफले सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर)मार्फत् एक वक्तव्य जारी गर्दै भन्यो, ‘पाकिस्तानतर्फबाट जम्मु, पठानकोट र उधमपुरका सैन्य स्टेशनहरूलाई लक्षित गर्दै मिसाइल र ड्रोन दागिएको थियो । तर भारतको वायु रक्षा प्रणालीले ती सबै आक्रमण निष्फल बनाएको छ । कुनै प्रकारको क्षति भएको छैन ।’

दुई देशबीचको यो नयाँ सैन्य तनावले दक्षिण एसियाली क्षेत्रको शान्तिमा गम्भीर चुनौती खडा गरेको विश्लेषकहरू बताइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४