Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शिक्षक आन्दोलन काठमाडौंमा थप चर्किने संकेत, अत्याचारको प्रतिकारमा उत्रिने चेतावनी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख १५ २०८२
  • 2K
    SHARES

काठमाडौं । आइतबार भएको झडपपछि शिक्षकहरूले काठमाडौंमा केन्द्रित आफ्नो आन्दोलनलाई अझ तीव्र बनाउने घोषणा गरेका छन् । आन्दोलनको अगुवाइ गरिरहेको नेपाल शिक्षक महासंघले आफूहरूमाथि भएको दमनको कडा विरोध गर्दै प्रतिकारमा उत्रने चेतावनी दिएको हो ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले एक विज्ञप्ति जारी गर्दै शिक्षक र कर्मचारीमाथि गरिएको ‘क्रूर दमन’को विरोधमा सबै पेसागत संस्था, शिक्षा सरोकारवाला समूह र आम नेपाली जनतालाई एकजुट हुन अपिल गरेका छन् । ‘अग्रगामी विद्यालय शिक्षा ऐन बिना हामी कार्यक्षेत्रमा फर्किँदैनौं,’ सुवेदीले भने, ‘देशभरका शिक्षक-कर्मचारी साथीहरू, अत्याचारको प्रतिकार गर्न अनिवार्य काठमाडौं आइ आन्दोलनमा सहभागी होऔं ।

महासंघले आइतबारको आन्दोलनमा सरकारद्वारा संरक्षित ‘भिजिलान्ते’हरूद्वारा स्थिति बिगारिएको र त्यसकै बहानामा प्रहरीबाट पानीको फोहरा, ढुङ्गामुढा र निर्मम लाठी प्रहार गरिएको आरोप लगाएको छ । बानेश्वरमा भएको झडपमा ६२ जना शिक्षक-कर्मचारी र केही सञ्चारकर्मी घाइते भएका छन्, जसमध्ये करिब एक दर्जनको अवस्था गम्भीर छ ।

सुवेदीले सबै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सरकारलाई उपचार खर्चको जिम्मेवारी लिन कडा माग गरेका छन् । उनले सरकारले प्रदर्शनकारीमाथि गरेको ‘ज्यादती’को घोर निन्दा र भर्त्सना समेत गरेका छन् ।

 नेपाल शिक्षक महासंघले माघ २० गतेदेखि विद्यालय शिक्षाको सुधार र शिक्षक-कर्मचारीका पेसागत अधिकारको पक्षमा शान्तिपूर्ण आन्दोलन गर्दै आएको बताउँदै आइतबारको घटना सरकारले देखाएको अलोकतान्त्रिक र शिक्षा विरोधी चरित्रको स्पष्ट प्रमाण भएको टिप्पणी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४