Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हिन्दू मन्दिरहरूमा पटक-पटक पिसाब फाल्ने महिला पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र २३ २०८१
  • 2.6K
    SHARES

काठमाडौं । काठमाडौँको नागार्जुन नगरपालिका-५ मा रहेको आदेश्वर मन्दिरमा मूर्तिमा पिसाब छर्किएको आरोपमा एक महिला पक्राउ परेकी छिन् । पक्राउ परेकी व्यक्ती ६१ वर्षीया मिठु तिवारी हुन्, जो हाल सुकेधारामा बसोबास गर्दै आएकी छन् भने उनको स्थायी ठेगाना काठमाडौँ महानगरपालिका-१७, धोबीचौर रहेको बताइएको छ ।

प्रहरी वृत्त स्वयम्भूका अनुसार, तिवारीले गत पुस २६ गते मन्दिरमा बोतलमा पिसाब ल्याई मूर्तिमा छर्केपछि फरार भएको उजुरी प्राप्त भएको थियो । अनुसन्धानको क्रममा उनीमाथि फागुन २१ गते पनि सोही मन्दिरमा यस्तै कार्य गरेको प्रमाण भेटिएको छ । प्रहरीका अनुसार, उनले आदेश्वर मन्दिर मात्र नभई चुण्डेश्वर मन्दिर, सीतापाइला गणेश मन्दिर र हरिसिद्धि मन्दिरमा समेत पिसाब छर्केको खुलासा भएको छ ।

प्रहरीले घटनास्थल नजिकको सिसिटिभी फुटेजको सहायतामा अनुसन्धान गर्दै जाँदा चैत २१ गते उनी आदेश्वर मन्दिर परिसरमा पाँचवटा बोतलमा पिसाब जस्तो देखिने पदार्थ लिएर आएको अवस्थामा पक्राउ गरिएको थियो । उनीमाथि ‘धर्मसम्बन्धी कसुर’ अन्तर्गत मुद्दा दर्ता गरिएको छ भने काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

प्रारम्भिक अनुसन्धानमा तिवारीले वि.सं. २०७६ सालमा हिन्दू धर्म परित्याग गरी इसाई धर्म अपनाएको स्वीकार गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४