Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चैते दशैँको दिन घाँटीमा मासु अड्केर कुँवरको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र २३ २०८१
  • 1.6K
    SHARES

काठमाडौं । घाँटीमा मासु अड्केर बेहोस भएका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ । साँफेबगर नगरपालिका-५ नवाठानाका ४२ वर्षीय डम्बर बहादुर कुँवरको उपचारको क्रममा वयलपाटा अस्पतालमा मृत्यु भएको हो ।

गाउँमै काटेको खसीको मासु घरमा ल्याएर पकाएर खाने क्रममा शनिबार बिहान करिब ११ बजेतिर घाँटीमा मासु अड्केर कुँवर बेहोस भएका बताइएको छ । मासु अड्केर बेहोस भएलगत्तै वयलपाटा अस्पतालमा उपचार भइरहेको बेलामा कुँवरको मृत्यु भएको हो ।

वयलपाटा अस्पतालमा उपचारका क्रममा कुँवरको दिउँसो १२ बजे मृत घोषणा गरेको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरी प्रसाद भण्डारीले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धानका लागि प्रहरी निरीक्षक उमेशबहादुर चन्दको नेतृत्वको एक टोली खटाइएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४