Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चालु अधिवेशनको अन्तिम बैठक आज, यस्तो छ कार्यसूची


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र १८ २०८१
  • 1.5K
    SHARES

काठमाडौं । प्रतिनिधिसभाको चालु अधिवेशनको अन्तिम बैठक आज बिहान ११ बजे बस्ने तय भएको छ । बैठकमा विभिन्न महत्वपूर्ण प्रतिवेदन तथा विधेयकहरू पेस गरिनेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट राष्ट्रिय समावेशी आयोग र मुस्लिम आयोगको छैटौँ वार्षिक प्रतिवेदन (२०७९/८० र २०८०/८१) बैठकमा प्रस्तुत गरिनेछ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि छलफल गर्न प्रस्ताव राख्नेछन् । त्यसैगरी, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० लाई राष्ट्रिय सभाबाट संशोधनसहित विचार गर्न प्रस्ताव गर्नेछन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गर्न र पारित गर्न प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले जलस्रोत विधेयक, २०८१ माथि छलफल तथा पारित गर्न पूर्वाधार विकास समितिको प्रतिवेदनसहितको प्रस्ताव राख्नेछन् ।

सरकारले संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरिसकेको छ । सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी अधिवेशन समाप्त गर्ने सिफारिस गरेको थियो । संवैधानिक व्यवस्था अनुसार, राष्ट्रपतिले सरकारको सिफारिसमा अधिवेशन अन्त्य गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४