Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एसईई दिने विद्यार्थीले सवारी नपाए महानगर प्रहरीले गन्तव्यमा पुर्‍याइदिने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र १४ २०८१
  • 2.2K
    SHARES

काठमाडौं । समाजवादी मोर्चा र राजावादी समूहको प्रदर्शनको कारण काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन न्यून गुडेका छन् । यसबाट एसईई परीक्षा दिने विद्यार्थीहरू प्रत्यक्ष प्रभावित भएका छन् ।

विद्यार्थीहरूलाई सहज रूपमा परीक्षा केन्द्रसम्म पुर्‍याउन काठमाडौं महानगर प्रहरी बलले विशेष पहल गरेको छ । प्रहरीले आज एक सूचना जारी गर्दै गन्तव्यमा पुग्न समस्या भोगिरहेका विद्यार्थीहरूलाई सहयोग उपलब्ध गराउने जनाएको छ ।

सम्पर्क गर्न सकिने प्रहरी अधिकारीहरू :-

  • बानेश्वर क्षेत्र : दिनेश कुमार अर्याल – ९८५१०६८०९६
  • रत्नपार्क क्षेत्र : मनोज प्रसाद लामिछाने – ९८५१०९३१७६
  • नयाँ बसपार्क क्षेत्र : पूर्णचन्द्र भट्ट – ९८५१२३३६३३
  • टेकु क्षेत्र : प्रकाश पण्डित – ९८५१०५६३४६

यसका साथै, हटलाइन नम्बर ०१५९०१७६४ वा ९८५१३५६५०९ मा पनि सम्पर्क गरेर बस सेवा लिन सकिने महानगर प्रहरी बलले जानकारी दिएको छ । विद्यार्थीहरूको परीक्षालाई प्राथमिकता दिँदै प्रहरीले सुरक्षासहितको यातायात व्यवस्था गरेको हो । परीक्षार्थीहरूलाई कुनै कठिनाइ आएमा तुरुन्तै सम्बन्धित सम्पर्क नम्बरमा फोन गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४