Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एकताका साथ राष्ट्र सेवामा समर्पित हुन आईजीपीको निर्देशन, पदभार सम्हालेकै दिन गरे यस्तो निर्णय


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र ५ २०८१
  • 2K
    SHARES

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले निजी स्वार्थ तथा व्यक्तिगत लाभ त्यागेर सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन मातहतलाई निर्देशन दिएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित विशेष समारोहमा उनले प्रहरी सङ्गठनको श्रीवृद्धिमा ध्यान दिन निर्देशन दिए ।

नेपाल प्रहरी देशमा सुशासन, समृद्धि र दिगो विकासका दृष्टिकोणबाट अत्यन्त अपरिहार्य एवं निर्विकल्प सङ्गठन भएको चर्चा गर्दै महानिरीक्षक थापाले भने “नेपाल प्रहरीको कुनै अर्को विकल्प हुनै सक्दैन । यसको विकल्प सुदृढ एवं जनउत्तरदायी नेपाल प्रहरी नै हो ।”

सबै प्रहरी कर्मचारी सङ्गठनको संस्थागत सुधार र श्रीवृद्धिमा केन्द्रित हुनुपर्ने बताउँदै सामूहिक भावना, भ्रातृत्व र आपसी एकताले मात्र सङ्गठनको सुदृढीकरण र उन्नतिको लक्ष्य हासिल गर्न सकिने विचार व्यक्त गर्नुभएको केन्द्रीय प्रहरी प्रवक्ता दिनेशकुमार आचार्यले जानकारी दिए।

सामाजिक सञ्जालमा केही व्यक्ति तथा समूहले विभिन्न जातजाति, वर्ग, धर्म र संस्कृतिकाविरूद्ध गलत सूचना प्रवाह गर्ने, दूष्प्रचार गर्ने प्रवृत्ति बढ्दो रहेको र त्यसबाट उत्पन्न हुनसक्ने सामाजिक विचलन रोक्ने गरी कार्यसम्पादन गर्नु आवश्यक रहेको बताए।

“चुनौतिका रूपमा रहेको साइबर अपराध, लागूऔषध ओसार–पसार, मानव तस्करी, आर्थिकलगायत अपराध अनुसन्धानका लागि थप क्रियाशील हुनुपर्छ”, महानिरीक्षक थापाले भने ।

‘प्रहरी कल्याण कोष सञ्चालन कार्यविधि संशोधन’

यसैबीच नवनियुक्त प्रहरी महानिरीक्षक थापाको उपस्थितिमा आजै बसेको पोलिसी कोओर्डिनेशन कमिटी (पिसिसी) बैठकले प्रहरी कल्याण कोष सञ्चालन कार्यविधि संशोधन गर्ने व्यवस्था मिलाउन प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखालाई निर्देशन दिने निर्णय गरेको छ ।

बैठकले कोषबाट सकल दर्जाका प्रहरी कर्मचारीलाई प्रदान गर्ने सेवा सुविधामा वृद्धि तथा कर्जाको ब्याजदर घटाउने सन्दर्भमा आवश्यक अध्ययन गर्नुका साथै कार्यविधिको समयानुकूल संशोधन तथा परिमार्जन गन सिफारिस समिति गठन गर्न निर्देशन दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४