Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बुधबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र ५ २०८१
  • 1.8K
    SHARES

आजको पञ्चाङ्ग
वि.सं. चैत ०६, २०८१ ई.सं. 19 Mar, 2025 शक संवत् १९४६ नेपाल संवत् ११४५ चौलाथ्व कालयुक्त उत्तरायण वसन्त बुधवार चैत्र कृष्णपक्ष तिथि पञ्चमी २१:२४ बजेसम्म, त्यसपछी षष्ठी नक्षत्र विशाखा १८:८ बजेसम्म, त्यसपछी अनुराधा योग हर्षण १५:२२ बजेसम्म, त्यसपछी वज्र करण कौलव ०८:२८ बजेसम्म, त्यसपछी तैतिल २१:२४बजेसम्म, त्यसपछी गर चन्द्रराशि तुला आनन्दादि योग धाता दिनमान १२:३ सूर्योदय ६:११ सूर्यास्त १८:१४ सौरमानले सिद्धार्थीनामसंवल्सर १३ः९ बजे। सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा ।

राशिफल

मेष – Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। धेरै आफन्तसँग सम्पर्क बढ्नेछ। तर विचार नमिल्नाले आफ्नैसँग वादविवाद हुन सक्छ। प्रेमको बन्धन कमजाेर बन्नेछ। व्यापारमा भने आम्दानी बढ्नेछ। दिउँसोदेखि काम बिग्रनाले अलि दुःख पाइनेछ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। मिहिनेतको फल अरूकै हातमा पर्न सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।

वृष – Taurus
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले विशेष जिम्मेवारी दिलाउनेछ। भौतिक साधन जुट्नाले साहसी काम गरेर लाभ उठाउन सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। मध्याह्नदेखि दैनिकीमा थप परिवर्तन ल्याउन सकिनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। परिवारजनको साथ र आकर्षक उपहारले मन उत्साहित हुनेछ।

मिथुन – Gemini
का, कि, कु, घ, ङ, छ, के, को, ह
सुखद समाचारले उत्साह जगाउनेछ। अध्ययन र लेखनमा प्रगति हुनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। दिउँसाेदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ। तर भौतिक साधनमा क्षति पुग्ने सम्भावना देखिएकाले सजग रहनुहाेला। प्रतिस्पर्धीहरूबाट जाेगिएर काम लिनुपर्ने समय छ।

कर्कट – Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
कामको मेसो नमिल्दा केही अलमल हुनेछ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। बेसुरमा बोल्ने बानीले पनि दु:ख पाइनेछ। अरूलाई दिएको वचन पूरा गर्न नसकिए पनि शुभचिन्तकहरूले साथ दिनेछन्। दिउँसाेदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। आम्दानीका स्रोत बढ्नेछन्।

सिंह – Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सम्भावना देखिए पनि समयमा काम नगर्ने बानीले समस्या निम्त्याउनेछ। आफ्नो भाेगाधिकारमाथि अरूले राज गर्नेछन्। अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला। साथीभाइ र आफन्तकाे सहयाेग जुटाउन मुस्किल पर्नेछ। दिउँसाेदेखि आंशिक लाभ उठाउन सकिनेछ। समस्या दर्साउँदा नसाेचेका व्यक्तिले काममा साथ दिनेछन्। गाेपनीयतामा भने अलि सावधान रहनुहाेला।

कन्या – Virgo
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
बिहानकाे समयमा परिस्थिति केही कमजोर बन्न सक्छ। विवादास्पद कामको जिम्मेवारी आउनेछ भने खर्च पनि बढ्ने सम्भावना छ। अवसरवादीहरूले दुःख दिन सक्छन्। नयाँ काम थालनी गर्न दिउँसाेकाे समय उपयुक्त रहनेछ। साथीभाइकाे साथ पाइनाले साेचेकाे लाभ उठ्नेछ। ज्ञान, कला र व्यक्तित्वमा निखारता आउने समय छ। मिहिनेतले दाम र इनाम दिलाउनेछ।

तुला – Libra
र, रि, रु, रे, रो, ता, ति, तु, ते
पहिलेका कमजोरीले सोचेको उपलब्धि तत्काल प्राप्त नहुन सक्छ। आफ्नाे श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्न सक्छन्। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। दिउँसोदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। दुविधाले निर्णायक मोड लिनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्। व्यापारमा फाइदा हुनेछ।

वृश्चिक – Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
खर्च लागे पनि प्रयत्न गर्दा काममा सकारात्मक संकेत प्राप्त हुनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। दिउँसोतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। नयाँ योजना थाल्ने समय आएको छ। अध्ययन र लेखनमा निखारता आउनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ।

धनु – Sagittarius
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। तर लगानीमा धन बाहिरिने सम्भावना छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आवश्यक भौतिक साधन भने सजिलै जुट्नेछन्। दिउँसोदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्नेछ। आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ। सोखले फजुल खर्च बढाउनेछ। प्रयत्न गर्दा काम भने बन्नेछ।

मकर – Capricorn
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
नयाँ कामकाे अवसर प्राप्त हुन सक्छ। पहिलेकाे स्थितिमा सुधार आउनाले फाइदा हुनेछ। मिहिनेतले कीर्तिमानी कामको यश लिने सौभाग्य दिलाउनेछ। अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। कृषि, पशुपालन र व्यापारमा फाइदा हुनेछ।

कुम्भ – Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द
तारिफयोग्य कामले धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ र आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ। तारिफयोग्य कामले दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। दिउँसोदेखि नयाँ कामकाे अवसर फेला पर्नेछ। तर, केही विवादास्पद कामकाे जिम्मेवारी लिनुपर्ने देखिन्छ। ईर्ष्या गर्नेहरूले भने आफ्ना कमजोरीबाट फाइदा उठाउने चेष्टा गर्नेछन्।

मीन – Pisces
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अरूका लागि समय खर्चनुपर्दा कुनै काम राेकिन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहने समय छ। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ भने परिश्रमले धेरैको मन जित्न सकिनेछ। दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुन सक्छ। मिहिनेतले राम्रै उपलब्धि प्राप्त गर्न सकिनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४