Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कुलमान घिसिङलाई हटाउने प्रयास गरेर सरकारले बदनाम कमायो : गगन थापा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन २५ २०८१
  • 2K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने प्रयास गरेर अनावश्यक विवाद सिर्जना गरेको बताएका छन् ।

शनिबार सिन्धुली-१ को क्षेत्रीय सम्मेलनमा बोल्दै उनले घिसिङ अवकाशको संघारमा रहेका बेला सरकारले उनलाई हटाउने प्रयत्न गर्नु बुद्धिमानी नभएको बताएका हुन्  । थापाले भने, ‘तीन-चार महिनामा सेवा निवृत्त हुने व्यक्तिलाई अहिले हटाउन खोज्नु अनावश्यक हो । सरकारले त्यसपछि योग्य व्यक्ति ल्याएर संस्थाको नेतृत्व दिनुपर्छ ।

उनले सरकारलाई यस्ता सानातिना विषयमा अल्झिनुको सट्टा राष्ट्रिय हितका महत्वपूर्ण मुद्दामा ध्यान दिन आग्रह गरे । ‘सरकार नै एउटा व्यक्तिको पछि लागेर विवाद सिर्जना गरिरहेको देखिन्छ। यो गलत प्रवृत्ति हो। प्रधानमन्त्रीले यस्ता अनावश्यक गतिविधि रोक्नुपर्छ,’ उनले भने ।

थापाले मन्त्रीहरूलाई गम्भीर विषयमा केन्द्रित हुन आग्रह गर्दै सरकारको निर्णय प्रक्रियामा परिपक्वता आवश्यक रहेको उल्लेख गरेका छन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४