Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ज्ञानेन्द्र शाह काठमाडौं फर्किँदा स्वागतसहित शक्ति प्रदर्शन गर्दै राजावादी, ठूला दलमा हलचल


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन २५ २०८१
  • 2.9K
    SHARES

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आज काठमाडौँ फर्किँदा राजसंस्थाको पक्षमा सक्रिय रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत राजावादीहरुले संघीय राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछन् ।

राप्रपाका नेता-कार्यकर्ता र समर्थकहरु पूर्वराजाको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेला हुने कार्यक्रम रहेको छ । विमानस्थलमा स्वागतपछि शाहलाई महाराजगञ्जस्थित निर्मल निवास पुर्‍याइनेछ ।

राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले पूर्वराजालाई स्वागत गर्न सबैलाई आह्वान गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत ‘फागुन २५ गते दिउँसो १ बजे विमानस्थलमा उपस्थिति जनाउन सबैलाई हार्दिक निमन्त्रणा गर्दछु,’ भनेका छन् । साथै, जोसँग जुनसुकै सवारी साधन भए पनि त्यसै प्रयोग गरेर उपस्थित हुन आग्रह गरेका छन् ।

हालै फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर पूर्वराजा शाहले राजसंस्थाको पुनर्स्थापनाको विषय उठाएका थिए । त्यसपछि राप्रपासहित राजसंस्थावादी समूहहरूले आन्दोलनलाई तीव्रता दिएका छन् । उनीहरू चाँडै नै राजसंस्था फर्किने दाबी गरिरहेका छन् ।

यस विषयलाई लिएर ठूला दलहरूमा पनि चर्चा चलिरहेको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले राजसंस्था पुनर्स्थापनाको प्रयास नगर्न चेतावनी दिएका छन् । उनले फागुन २२ गते महोत्तरीमा आयोजित कार्यक्रममा ‘जनताले फालेको राजतन्त्रलाई फेरि कसरी फर्काउने ?’ भन्दै प्रश्न गरेका थिए ।

यसैबीच, नेकपा माओवादी केन्द्रले तराई-मधेस जागरण अभियान स्थगित गरेको छ । महासचिव देव गुरुङका अनुसार हालको राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै गणतन्त्र पक्षधर दलहरूसँग थप छलफल आवश्यक रहेको भन्दै अभियान केही समयका लागि रोकिएको हो ।

राजसंस्था समर्थकहरूको प्रदर्शनलाई लिएर सत्तारूढ दल नेकपा एमालेका नेताहरूले विभिन्न प्रतिक्रिया दिइरहेका छन् । शनिबार साँझ प्रधानमन्त्री ओली र राष्ट्रपति रामचन्द्र पौडेलबीच भएको भेटलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ ।

पूर्वराजा शाहले गण्डकी प्रदेशका विभिन्न मन्दिरहरूको दर्शन गरेपछि पोखरामा राजा वीरेन्द्रको शालिक अनावरण गरेका थिए । सोही भ्रमण सकेर उनी काठमाडौं फर्किन लागेका हुन् ।

यता, काठमाडौँमा सुरक्षा व्यवस्था कडा बनाउने तयारी सरकारले गरेको छ। नेपाल प्रहरीले १० हजार मानिस प्रदर्शनमा उत्रने अनुमान गरेको छ। सबै प्रकारका सुरक्षाकर्मी तैनाथ बनाउने सरकारको तयारी छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४