Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौं महानगरमा कर्मचारीको तलब रोकिएपछि मन्त्रालयको हस्तक्षेप


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन १९ २०८१
  • 4.1K
    SHARES

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौं महानगरपालिकालाई प्रमुख प्रशासकीय अधिकृतमाथि गरिएको छानबिनको प्रतिवेदन तत्काल उपलब्ध गराउन निर्देशन दिएको छ । मेयर बालेन शाह र संघीय सरकारबीचको तनाब चुलिँदै गएको अवस्थामा मन्त्री राजकुमार गुप्ताले छानबिनको स्पष्ट प्रतिवेदन माग गर्दै पत्राचार गरेका हुन् ।

मेयर शाहले एकातिर प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् भने अर्कोतर्फ प्रधानमन्त्रीप्रति सामाजिक सञ्जालमार्फत असन्तोष व्यक्त गर्दै प्रशासकीय अधिकृत नपठाएको विषय उठाएका छन् । मन्त्री गुप्ताले मेयर शाहको यो दोहोरो भूमिकामाथि प्रश्न उठाउँदै छानबिन निष्कर्षमा नपुगेसम्म कुनै निर्णय नलिने बताएका छन् ।

पुरानो बसपार्क क्षेत्रमा निर्माण भइरहेको भ्यू टावरुको नक्सा स्वीकृतिसम्बन्धी अनुसन्धानमा प्रशासकीय अधिकृत सरोज गुरागाईँमाथि प्रश्न उठेपछि उनी बिदामा रहेका छन् । तर, उनको बिदा स्वेच्छिक नभएर मेयरको निर्देशनअनुसार भएको बताइन्छ । अघिल्लो प्रशासकीय अधिकृतको कार्यकालमा महानगरले पाँच लाख जरिवाना लिएर नक्सा स्वीकृत गरेको प्रमाण सार्वजनिक भइसकेको छ, जसका कारण थप विवाद उत्पन्न भएको छ ।

महानगरपालिकाले प्रारम्भमा पूर्वन्यायाधीश शेखर पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो, तर पौडेलले जिम्मेवारी लिन अस्वीकार गरेपछि पूर्वसचिव शंकरप्रसाद पाण्डेको संयोजकत्वमा नयाँ समिति बनाइयो । तर, यो समिति कार्यपालिका बैठकबाट गठन नगरिएको भन्दै वैधानिकतामाथि प्रश्न उठेको छ । प्रवक्ता नवीन मानन्धरका अनुसार कार्यपालिकाले अनुमोदन नगरे छानबिन समितिको प्रतिवेदनको कानुनी हैसियत के हुने भन्ने प्रश्न महत्वपूर्ण छ ।

महानगरका उपमेयर सुनिता डंगोलले पनि मेयर शाहको कार्यशैलीप्रति असहमति जनाउँदै छानबिनको निष्कर्ष सार्वजनिक गर्न माग गरेकी छन् । मेयर शाहले आफैं प्रशासकीय अधिकृतलाई बिदामा राखेर छानबिन समिति गठन गर्नु र आफैं प्रधानमन्त्रीलाई आरोपित गर्नु आपत्तिजनक रहेको उनको भनाइ छ ।

यसबीच, प्रशासकीय अधिकृतको अभावमा महानगरपालिकाका कर्मचारी तथा शिक्षकहरूको मंसिर महिनादेखिको तलब रोकिएको छ । मन्त्री गुप्ताले महानगरमा नयाँ प्रशासकीय अधिकृत पठाउन सहसचिवहरू इच्छुक नभएको उल्लेख गर्दै छानबिन प्रतिवेदन प्राप्त भएपछि मात्र अर्को निर्णय लिइने स्पष्ट पारेका छन् । मन्त्रालयले गत बिहीबार महानगरलाई पत्राचार गर्दै प्रतिवेदन तत्काल उपलब्ध गराउन निर्देशन दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४