Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रकृतिको अन्तिम संस्कार, हजुरबुवाले दिए दागबत्ती


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन ८ २०८१
  • 2.3K
    SHARES

काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा शंकास्पद रूपमा ज्यान गुमाएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको अन्तिम संस्कार भैरहवाको स्वर्गद्वारी घाटमा गरिएको छ ।

उनको पार्थिव शरीर गोरखपुर हुँदै राति ९ बजे भैरहवा आइपुगेको थियो । तर, उनका अभिभावक अर्को उडानबाट ढिलो गरी आउनु पर्ने भएपछि शवलाई युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा राखिएको थियो । राति ११ बजे शवलाई उनको निवास, सिद्धार्थनगर-८ पुर्‍याइयो, जहाँ परिवारजन, आफन्त, छिमेकी तथा शुभचिन्तकहरूले अन्तिम श्रद्धाञ्जली अर्पण गरे । त्यसपछि राति नै शवयात्रा निकालेर स्वर्गद्वारी घाटमा अन्त्येष्टि गरिएको हो ।

प्रकृतिलाई उनका हजुरबुवा देवनाथ लम्सालले दागबत्ती दिए । प्रकृतिको अन्त्येष्टिमा स्थानीय सर्वसाधारणको ठूलो उपस्थिति रहेको थियो । भारतको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत उनका साथीहरू समेत श्रद्धाञ्जली दिन भैरहवा आएका थिए ।

२०६१ असार ४ गते जन्मिएकी प्रकृति लम्साल यही आइतबार भारतको केआईआईटी छात्रावासमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । उनको मृत्यु शंकास्पद मानिएको छ र यसबारे भारतीय प्रहरीले अनुसन्धान गर्दै एक जनालाई हिरासतमा लिएको छ । घटनाले नेपाली विद्यार्थीको सुरक्षासम्बन्धी चासो पुनः उठाएको छ भने न्यायको माग गर्दै सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४