Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

डान्सबारमा भएको कुटपिटबाट गम्भीर घाइते पुरुषको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २ २०८१
  • 1.9K
    SHARES

काठमाडौं । पश्चिम नवलपरासीको बर्दघाटस्थित एक डान्स बारमा भएको कुटपिटबाट एक जनाको मृत्यु भएको छ । युवाहरुबीच एक आपसमा विवाद हुँदा प्रतापुर गाउँपालिका-९ खैरेनीका वर्ष ४५ का सन्तबहादुर चौधरीको मृत्यु भएको हो ।

बर्दघाट नगरपालिका-१३ जमुनाबारीस्थित नशा रेष्टुरेन्ट एण्ड डान्स बारमा गत माघ २८ गते मध्यराति दुई पक्षबीच कुटाकुट भएको प्रहरीले जनाएको छ । कुटपिटबाट गम्भीर घाइते भएको चौधरीको उपचारको क्रममा बुधबार साँझ बुटवलमा मृत्यु भएको थियो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले डान्स बारका सञ्चालक राकेश हरिजनसहित प्रतापपुर-१ बस्ने अमित चौधरी र सोही स्थानका सरोज चौधरीलाई नियन्त्रणमा लिएको छ ।

डान्सबारभित्र भिडियो खिचेको निहुँमा झगडा भएको बताइएको छ । घटनामा मिन्टु र सरोजकुमार चौधरी पनि घाइते भएका थिए । पक्राउ परेका प्रतिवादीहरुविरुद्ध जिल्ला अदालत नवलपरासीमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर भै थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४